Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७१ वैशाख १०     Login | Register | Issue No. 268
मिसमास»

मेरो देश

  • बिदेसिनेको मनमा देशको माया बढी हुन्छ
मंसिर २८ -
भोजपुर दिङ्ला-६ का ४२ वषर्ीय नरबहादुर प्रधान कतार आएको ९ वर्ष भयो । अल इमरान कम्पनीमा वेल्डरको काम गर्ने प्रधानका आमा, ५ दाजुभाइ, ३ दिदीबहिनी, श्रीमती र २ छोरा छन् । उनले ३ छुट्टी काटिसकेका छन् । ६ कक्षासम्मको औपचारिक अध्ययन गरेका प्रधानले वैदेशिक रोजगारीको क्षेत्रमा लामो अनुभव सँगालेका छन् । यहाँको चिसो/तातो र तितो/मिठो भोगेका छन् उनले । उनलाई छोराको निन्दा चिन्ताले बढी सताउने रहेछ । परिवारसँग बस्न नपाउँदाको यताको एकान्तिक बसाइले उनलाई धेरै पिरोल्ने रहेछ ।

तपाई किन बिदेसिनुभयो ?

म घरको खाना खाएर महिनाको २० हजार रुपैयाँ कमाउँथेँ तर त्यो बचेन । एकजनाले मात्रै कमाएर नबच्ने रहेछ । मेरो आफ्नै वेल्डिङको पसल बन्द गरेर म यता आएको हुँ । यता एकचोटि एकमुष्ट आउने भएकाले बचेको देखिने हो तर उता आइरहन्छ, गइरहन्छ । बचत छैन ।

तपाईँलाई के कुराले बढी देश सम्झाउँछ ?

आफ्नो परिवारको याद गर्दा मेरो गाउँघरको बढी याद आउँछ । परिवारसँगको विछोडले नै हो देश सम्झाउने । तन्नेरी वयमा परिवार छोड्नुपर्दाको तिक्तताले बढी रुवाउँछ । म सुरुमा भाषा नजान्दा, यो मरुभूमि उराठ देख्दा मन थाम्न नसकेर रोएको छु । मेरो त्यो रुवाइ पनि देश सम्झना हो । त्यो बेला मनमा अनेक भावना आउँथे । तिनको गहिराइमा पुगेपछि गह भरिन्थ्यो । हरेक मान्छे यता आएर नमिठोसँग रोएको होला । बन्धनजस्तो जीवन भोगेपछि मान्छेले मन थाम्न नसक्ने रहेछ । हामी यहाँ मिठोमसिनो खान्छौँ तर हाम्रो चिन्ता 'छोराहरूले के खाँदै होलान् ?, के गर्दै होलान् ?' भन्ने हुन्छ ।

कति वर्ष बसे फिरेर गुजारा गर्न सकिन्छ ?

म पहिले यति वर्ष भनेर आएको होइन तर परिवारको खनखाँचो पूरा गर्दागर्दै ९ वर्ष बित्यो । मैले यस अवधिमा केही जग्गाजमिन जोडेको छु । २ छोरालाई पढाएको छु । घरपरिवारको खर्च उठाएको छु । त्यसैले मलाई लाग्छ कि सहरमा भाडा तिरेर नबस्ने हो भने १० वर्ष कमाइ गर्नेले बाँकी जीवन सहज तरिकाले बिताउन सक्छ । सहरमा बस्दा पानी, बिजुली, ममबत्ती, साग/सब्जी, चामल/दाल किनेर खाने हो भने केही बच्दैन र जति बसे पनि बचत हुँदैन । आफ्नो घर र खनीखोस्री खाने ठाउँ छ भने थोरै समय बसे पनि उसले फिरेर केही गर्न सक्छ । यो मेरो अनुभव हो ।

बिदेसिने उमेर कति वर्षसम्म रहेछ ?

विदेश बस्ने उमेर ४५ वर्षसम्म हो जस्तो मलाई लाग्छ । त्यहाँभन्दा बढी बस्न काम र तलब राम्रो छ भने सकिन्छ । तर भारी काम छ भने बस्न हुँदैन । उमेरको मान्छेले हो कमाउने, देश-विदेश घुमफिर गर्ने । उमेर ढल्किएपछि अनेक कुराले मान्छेलाई छेक्छन् । शरीरले पनि साथ दिँदैन । परिवारले पनि साथ दिँदैनन् ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

देशका लागि देशभित्र र बाहिर बस्ने सबैले केही न केही गर्नुपर्छ । तर बिदेसिनेको मनमा देशको माया बढी हुनेे रहेछ । हामीले परिवार पाल्नु पनि देशलाई सघाउनु हो । जनता आफैँ पालिने स्थिति नबन्दा सरकारले तिनलाई खुवाउनुपर्छ । त्यो अवस्था आउनबाट जोगाउनु पनि देशका लागि केही गर्नु

हो । हो हामीले त्यही गरेका छौँ । मान्छेले 'तैँले के गरिस् देशका लागि ?'

्रभन्छन् । हामीले रगत र पसिनासँग जिन्दगी साटेर देश बचाएको देख्नुपर्‍यो

नि । हामीले अनगिन्ती दुःखका अग्ला अग्ला पहाड छिचोलेको देख्नुपर्‍यो नि । हामी बिदेसिनेहरू अनेक समस्यामा परिरहेका छौँ । सरकार हामीसँग विभिन्न शीर्षकमा पैसा लिन्छ र हाम्रै गन्तव्य अनिश्चित हुनु न्यायसंगत भएन । यसबारे सरकारको ध्यान जाओस् । वैदेशिक रोजगारीमा आएकाहरूलाई सरकारले निचो देख्ने चस्मा फुकाएर हेर्नुपर्छ । त्यो पनि सम्मानित नागरिक भनेर ।

प्रस्तुति ः चर्चित ढुंगेल



 

प्रकाशित मिति: २०७१ वैशाख १० ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

धन्न आपूर्ति सहज भ' र'छ !... दिनभरि लाइन बसेर अलिकति भे नि पाइयो !

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication