Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ वैशाख ४     Login | Register | Issue No. 267
समसामयिक»

'संगीत बुझ्ने चाहियो'

मंसिर २८ -
सानोमा मलाई मेरो आफन्तहरूले तँ कोसँग विवाह गर्छस् भनी सोध्दा म एकजना केटीको नामै लिने गर्थे । तर मैले 'लभ' के हो भन्ने बुझेको थिइनँ । आठ दस वर्ष हुँदादेखि उनी मलाई मन पथ्र्यो  । पछिसम्म पनि मेरो मन भित्र उनी रहिरहिन् । तर मैले आफ्नो मनको कुरा कहिले पनि उनीसामु व्यक्त गर्न सकिनँ । एक किसिमले 'वन साइड'बाट मात्र थियो ।

कलेज पढ्न म काठमाडौं आएँ । दसैंको बिदामा मेरो सानीआमाको छोरा र म घरतिर लागे । बसमा गाउँका धेरैजना थिए । सबै चिने जानेका थिए । त्यसैबेला मेरो दाइले मलाई एकजना केटी देखाएर त्यो केटीसँग विवाह गर भनी जिस्क्याए । उनी विवाह चल्ने नाताभित्रै पर्थिन् । उनीसँग चिनजान पनि भयो । मेरो गाउँ उर्लाबारीबाट पनि २२  किलोमिटर जानुपर्ने थियो ।  म छतमा थिएँ । उनी पनि गर्मी भएर छतमा नै आइन् । अरू युवती पनि उनीसँग थिए । उनीहरूले मलाई जिस्काए । दाइले त्यो केटीले मलाई मन पराएर हेरेकी छ भनी प्रेमको बीज रोपिदिनुभयो । नाम त मलाई पहिले नै थाहा थियो, उनीसँग ठेगाना लिए ।

घर पुगेपछि मेरो बाबालाई पनि दाइले सुनाइदिनुभयो । उहाँले आ-आफ्नै हो

राम्रो हुन्छ भनेर कुरा चलाउनुभयो । त्यो बेलामा २० वर्षको मात्र थिए । केही दिनको बसाइपछि म काठमाडौं फर्के । मोबाइल आइसकेको थिएन । चिठीको चलन थियो । तर मेरा अक्षर साह्रै नै नराम्रो । मैले त्यत्तिकै पनि चिठी पठाइदिएँ । उनी होस्टलमा बसेर पढ्थिन् । मेरो चिठीको जवाफ भने

कहिले पनि आएन ।

कहिलेकाहीँ फोनमा कुरा हुन्थ्यो । मलाई लाग्थ्यो यदि मन नपराएको भए किन फोनमा कुरा गर्थिन् होला । हुनसक्छ, मेरो आफ्न्तमा पर्ने भएर पनि केही नभनेकी होला । मैले साथीको क्यामरा मागेर १ सय ५० को रिल किनेर पनि हालेर लगेको थिएँ । मन्दिरमा उनीसँग भेट भयो । मैले फोटो खिच्दा उनी रिसाइन् । उनी रिसाइहाल्नुपर्ने कुरा केही पनि थिएन । मेरो प्रस्ताव पनि उनले स्विकारेकी थिइन् । मदेखि रिसाउनुपर्ने कारण कुनै थियो जस्तो लागेन ।

उनी रिसाइरहेकी थिइन् । फोटो त खिँचे तर धुलाउन पैसा थिएन । मैले उनलाई रिल नै दिए । मेरो प्रेम निस्वार्थ थियो । नाताभित्र पर्ने भएर पनि सायद उनीबाट केही रियाक्सन नआएको हो कि जस्तो पनि लाग्छ ।

मेरो साथीलाई पनि भेटाएको थिए । उसले त्यति साह्रो राम्री रहिनछ किन मरिहत्य गरेको भने । उनमा पनि माया त थियो तर कस्तो खालको माया थाहा पाउन नै सकिएन । सायद रिलेसनभित्र पर्ने व्यक्ति भएर पनि होला उनले व्यक्त गर्न नसकेकीे । हामी विचको सम्बन्ध त्यतिकै भयोे । पछि मेरा संगीततिर नै ध्यान गयो । गाउँमा त म चर्चित नै थिएँ । सबैले मलाई राम्रो गीत गाउँछ है भनेर चिन्थे । 'लभ सक्सेस्' नहनु नै मेरो अहिले म्युजिक 'सक्सेस' हुनु हो कि जस्तो लाग्छ । आफूले जे गरे पनि त्यसको गहिरो ज्ञान र मेहनत हुनुपर्छ । त्यो व्यक्ति नै सफल हुन्छ । मेरा पनि म्युजिकमा मात्र ध्यान गर्‍यो ।

कति होलान् मलाई माया गर्ने तर मबाट भने अहिले त्यस्तो कुनै पनि सोच छैन । अहिले म जुन क्षेत्रमा छु जथाभावी गरेर 'टिनेज'को जस्तो गरेर हिँड्न पनि मिल्दैन र मलाई मन पनि पर्दैन । यो बेला गर्ने माया 'म्याच्युर्ड' र बुझ्ने हुनुपर्छ । मलाई माया गर्ने त छँदै छन् तर मेरो संगीतलाई पनि बुझ्ने र माया गर्ने केटीसँग नै चाहियो ।

अहिले भनेको धेरै सोचेर विचार गरेर गर्नुपर्ने अवस्था हो । 'पब्लिक रिलेसन' भएको व्यक्तिले आफ्नो मात्र होइन अरूको पनि सोच्नुपर्छ । लभ गर्दा 'पोजेटिभ रिजल्ट'नै आउँछ

भन्ने छैन । 'नेगेटिभ रिजल्ट'ले त भोली जे पनि हुन सक्छ । मे धेरै जसो बच्चाहरूलाई भोकल पनि सिकाउँछु । विद्यार्थीको नजरमा पनि म गिर्छु ।

 

प्रकाशित मिति: २०७१ वैशाख ४ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication