Kantipur-qatar

Kantipur

मिति | मंगलवार, २०७१ श्रावण १३     Login | Register | Issue No. 279
प्रवासबाट»

एउटा खुसीको क्षण

काठमाडौ, मंसिर २८ -
मंसिर २५ गते सोमबार साढे सात बजे दीपा थपोलियाका लागि जीवनको सबैभन्दा खुसीको क्षण बन्यो । यो क्षण पाउन उनले निकै कष्ट पाएकी थिइन् । धेरै तनाव भोगेकी थिइन् । परदेशबाट फर्केका श्रीमान् कुलदीपलाई आफ्नो आँखा अगाडि सकुशल भेट्दा आँखाबाट हर्षका आँसुहरू बरर्र झेरको थियो ।

'गुमाइसकेको पतिलाई मैले सकुशल पाए,' मंगलबार बिहान चितवनबाट फोनमा बात गरेकी दीपाले भनिन्, 'म एकदमै खुसी छु ।  मेरो जीवनमा यस्तो क्षण कहिल्यै आएको थिएन ।'

पिप्ले-५, चितवनका ४२ वषर्ीय कुलदीप सोमबार साढे पाँच वर्षपछि घर पुगेका थिए । घर फिर्नबाट वञ्चित हुँदा कुलदीपले त यता तनाव भागेकै थिए, उता दीपा र छोराछोरीहरू झन् त्यसको कयौ गुण बढी तनाव भोगे । 'उहाँका साथीहरू राम्रा र सहयोगी

थिए । घरफिर्न नपाए पनि दिन बिताउन त्यति गार्‍हो भएन,' दीपाको अनुभव थियो, 'मलाई यहाँ धेरै पेट पोल्थ्यो । कहिल्य आउला मान्छे भनेर निद्रा भोक केही लाग्दैन्थ्यो । फेरि यता सुन्ने अनेक कुराले निकै सास्ती र  हैरान हुन्थें ।' कुलदीप घर आउने खबर शनिबार बिहान पाउँदा उनलाई समय कहिले बित्लाजस्तो भएको थियो । 'शनिबार बिहान टिकट पाएको खबर दिनुभयो । त्यसपछि दिनभरि बिताउन मुस्किल पर्‍यो । बेलुका साढे सात बजेतिर कतारको विमानस्थलमा अध्यागमनले जान दियो भन्ने सुन्दा त निकै खुसी भएँ ।'

उनी आइतबार दिउँसो काठमाडौं उत्रिए । त्यो दिन उनका सहयोगी गणेशसँग बसे । सोमबार बिहानै चितवन लागे । उनको पखाईमा छोरो र दीपा चार बजेदेखि सडकमा कुलदीपको प्रतीक्षा गर्दै बसे । त्यसको साढे सात बजे पहेंलो भेस्टमा खाइलाग्दो र भादगाउँले टोपी लगाएर कुलदीप बसबाट ओर्लिंदा थपोलिया परिवारको खुसी बेग्लै थियो । २ सेटेम्बर ०१० मा 'तपाई कहिले आउनुहुन्छ ?' भन्दै पत्र लेखेका जेठा छोरा सन्तोषले बल्ल उत्तर पाए । कुलपदीपलाई त्यतिखेर कक्षा पाँचमा पढ्ने सानो छोरोले अंग्रेजीमा 'ह्वाई यु डिट नट कम होम ?' भनी चिठी लेखेका थिए, 'यु विल कम आफ्टर माई एसएलसी ?'

कुलदीप कतार २००७ मा कतार आइपुगेका हुन् । आफूले गाडी लाइनमा स्थापित गरेका आफ्नै हेल्परको विश्वासमा परेर आएका थिए । विश्वासिलो कम्पनीमा नपरेपछि तुरुन्तै र्फकन खोजेका थिए । कम्पनीले घर पठाउने आशामा ३ महिनासम्म काम गरे । त्यसपछि दुई महिना सुते । 'तेरो मान्छेले तलाई ल्याउन मेरो २५ सय रियाल लागेको छ । त्यो बुझाए मात्रै जान सक्छौं,' कम्पनीले उसलाई भनेको थियो । ४० हजार बुझाएर आएका थपोलियाले फेरि २५ सय रियाल बुझाउन नसक्दा र्फकन सकेनन् ।

दोस्रोपटक थपोलियाको घर जाने मिति टुङ्गो लाग्यो, ५ अपि्रल २०११ । घर आउछु भनेर छोरो, परिवार, आफन्त साथीभाई सबैलाई भने । घर लैजाने सामान पनि तयारी गरे । यसको ५ दिनअगाडि मार्च ३१ गते उसको अन्तिम डिउटी थियो । त्यही दिनको डिउटी सकेर क्याम्पतिर फर्किंदै गर्दा सडक दुर्घटनामा परे । २० जना साथीभाइ चढेको कम्पनीको बस घर बनाउन खनेको साढे १२ मिटरको खाल्डोमा खस्यो । उनको सिटमा र पछाडि बसेका दुई बंगालीको घटनास्थलमै ज्यान गएछ । डाक्टरले उनको पनि आशा मारेको रहेछ । 'दुई प्रतिशत मात्रै सम्भावना छ,' डाक्टरले साथीहरूलाई भनेको रहेछन् । यो खबर दोहा, सनैयामा कार्यरत साथीभाइदेखि पिप्ले चितवनसम्म फैलिएपछि रुवाबासी चलेको थियो । 'केरला डाक्टरले मृत्युको घोषणा गर्ने बेला नभएको भन्दै उपचारलाई निरन्तर दिए,' उनले भने, 'डाक्टरको दृढशक्ति नै मेरो लागि नयाँ जीवनको बरदानस्वरूप भयो ।'

'दुई दिनपछि होसमा आएछु', भने, 'होसमा आउँदा मुखतिर अक्सिजन लगाएको देखे । खुट्टा बाँधेको रहेछ । शरीरको विभिन्न भागमा पाइप घुसाएको थियो । के के हो, के के ?' उसलाई सहयोग गर्न साथीभाइले आर्थिक संकलन पनि गरे  । क्याम्पमा बस्दा उनको खानाको लागि सहयोग जुटेको थिए । कुलदीप यता पनि सामाजिक काममा निकै सक्रिय हुन्थे । उनले दुर्घटनाको क्षतिपूर्ति लिन बिमा कम्पनीसँग मुद्दा लडिरहेका थिए । त्यतिखेर तत्कालीन राजदूत सूर्यनाथ मिश्रले आड दिएका रहेछन्, 'तपाई अगाडि बढ्नु । जहाँ

रोकिनुहुन्छ । त्यसपछि दूतावास आउनुस् ।'

मुद्दा लड्दा बिमा कम्पनीले क्षतिपूर्ति पनि पाए । कुलदीपलाई ५० हजार रियाल र उसका साथी इलामका थिरबहादुर तामाङलाई दुई लाख ६३ हजार रियाल दिलाए । 'थिरबहादुरको ज्यानमा पूरै नट बल्टुले पाता कसेको छ', उनले भने, 'उनी नटबल्टुको शरीर लिएर गाउँ गए ।'

उनीलाई भने यही क्षतिपूर्ति रकमले रोकेको थियो । 'कम्पनीले चाहना रहेछ, दुवैले पाएको क्षतिपूर्तिको रकम आधा आधा राख्ने । त्यही रकम  राख्न पाएन,' उनले  भने, 'त्यसपछि कम्पनीले उसलाई टार्गेट बनायो कम्पनी घर जाने भए २५ हजार रियाल लिएर आइन्छ भन्यो ।'  कम्पनीले उनीविरुद्ध सेवा सुविधा दिन नसक्ने भन्दै फेरि श्रम अदालतमा मुद्दा हालेपछि उनी कानुनी झमेलामा फसे । सहयोगको लागि दूतावास नगएको दिन हुँदैन्थ्यो । तर, सहयोग मिलेन ।

त्यसपछि साथीभाइको सहयोगमा उनी कतारको राष्ट्रिय मानवअधिकार समितिमा पुगे । त्यहाँबाट कम्पनीलाई दबाब दिएपछि कम्पनीले बाँकी तलब नदिने सर्तमा घर जान पाए । कुलदीप घर जाने करिब करिब पक्कापक्की भए पनि शुक्रबार साँझदेखि इलाम चुलाचुलीका बेदकुमार लिम्बु, खोटाङ पाथेका केदार बानियाँ, सर्लाही नयाँरोडका उद्धवराज खड्का, काठमाडौं बसुन्धाराका सीताराम सिटौला, गोरखा ताप्लेका ज्ञानप्रसाद श्रेष्ट र सिन्धुपाल्चोक ठूलो सिरुबारीका चन्द्रबहादुर थापाले छाडेका थिएनन् । शनिबार पनि उनीहरू सबैको लागि चिन्ता र चासो थियो, 'आज उनी घर फिर्न पाउलान ?' बेलुका साढे सात बजे कुलदीपले कतारी अध्यागमन पार गरेपछि खुसी हुँदै भने, 'लौ ढिँडो खुवाउने साथीले न्याय पाए ।'

दीपाले डेढ वर्षअघि सुनेको एउटा डरलाग्दो खबर साटासाट गर्न भने भुलिनन् । 'जब दुर्घटनाबाट पतिको मुत्यु भएको खबर पाए । सबै होमा हो मिलाउँथे । मान्छे भन्थे, अब लास पनि ल्याउन पाउँदैन । उतै राख्छ,' दीपाले भनिन्, 'यस्तो  परिस्थिति भोगेको मैले मेरा अगाडिजस्तो पठाएको श्रीमान्, त्यस्तै पाएको छु । अब मलाई केही चहिँदैन ।'

दीपाले ३ हजार कमाउँदै आएको कुलदीपलाई आफ्नै सल्लाहमा विदेश पठाएको थिए । 'अब पुग्यो,' उनले भनिन्, 'अब पानी उमालेर खान्छु । आफै मेलापर्म गरेर पाल्छु । तर, उहाँलाई कुनै हालतमा पठाउँदिनँ ।' त्यसअघि जाने बेला कुलदीपले भनेका थिए, 'होमजी, कुलदीपले कम्पनीबाट पाउने १५ हजार रियाल -तीन लाख ६० हजार रुपैयाँ) छोडेर गए भनेर मेरा जिल्लाबासी महामहिमलाई सुनाइदिनु है ।'









 

प्रकाशित मिति: २०७१ श्रावण १३ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सर्वहारा जीवनशैली ?!... गुन्द्रुक-ढिँडो खानैपर्ने ?... अनि त्यो मासुभात खानुअघि खाने कि खा'पछि ?

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication