Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७१ श्रावण १४     Login | Register | Issue No. 279
मुख्य समाचार»

कतारको राष्ट्रिय दिवस

  • सकियो दोहामा जलवायु परिवर्तन सम्मेलन
  • नेपाललाई अल्पविकसित देशहरूको जिम्मेवारी
दोहा, मंसिर २८ -
कतारको तातोमा जलवायु परिवर्तनसम्बन्ध्ाी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रको सम्मेलन केही बुँदामा  सहमति गर्दै सम्पन्न भएको छ । नेपालले अल्पविकसित देशहरूको संयोजनको जिम्मेवारी पाएको छ ।

समापन समारोहमा सम्मेलनका अध्यक्ष, अवदुल्ला विन हमाद अल अतियाले दोहा क्याइमेट गेटवेमा सहमति भएको घोषणा गरे । जसमा मुख्य गरी क्योटो अभिसन्धिलाई आठ वर्ष थप गर्ने सहमति भएको छ । कार्बन उत्सर्जनको मात्रा सन् १९९० को आधारमा १८ प्रतिशतले घटाउने देशहरूले दोस्रो सहमति गरेका छन् । क्योटो अभिसन्धि यो वर्षको अन्तमा समाप्त हुँदै थियो ।

यो सहमति सोचेजस्तो नभए पनि यो सहमति नभएको भए कुनै पनि कानुनी सहमति देशहरूको बीचमा बाँकी रहने थिएन । अमेरिकाले स्वीकार नगरेको यो अभिसन्धिबाट रसिया, क्यानडा र जापान पनि पछि हटेका छन् । उनीहरूको तर्क छ यो अभिसन्धिले भारत, चीन र ब्राजिलजस्ता नयाँ ठूला राष्ट्रहरूलाई समेट्न सकेको छैन ।

सहमतिमा धनी देशहरूले अल्पविकसित देशहरूका लागि दिने भनेको दु्रत कोषमा तत्काल तीस अर्ब अमेरिकी डलर र सन् २०२० सम्ममा एक सय अर्ब सहयोग कोष बनाउने पनि सहमति भएको छ ।

अल्प विकसित देशहरूको संयोजनको जिम्मेवारी पाएको नेपालले आगामी वर्षबाट अल्पविकसित देशहरूको संयोजन गर्नेछ । नेपालका तर्फबाट वातावरण मन्त्रालयका सहसचिव प्रकाश माथेमाले यसको जिम्मेवारी पाए ।

नेपालले पनि यसपटकको कोषलाई आफूले पाएको जिम्मेवारी अल्पविकसित देशहरूको संयोजकको भूमिकालाई तयारीको रूपमा लिएको थियो । संयोजक माथेमा यो अवसरसँगै चुनौतीपूर्ण पनि रहेको बताउँछन् । ४८ देशहरूको मुद्दा बुझेर सहमति गरी एजेन्डा अघि सार्नुपर्ने हुन्छ ।

संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्ध्ाी सम्मेलनको मौका पारेर  नेपालले पर्वतीय मुद्दालाई अघि बढाउन विभिन्न कार्यक्रमहरू पनि गरेको थियो ।

नेपाल सरकारले, नेपाली प्रतिनिधि र केही विदेशी पाहुनाहरूको बीचमा आफूले सुरु गरेको पर्वतीय अग्रसरता अभियानमा अन्य देशहरूलाई पनि सहयोग र साथ दिन आग्रह गरिएको थियो ।

नेपालका वातावरणमन्त्री केशवमान शाक्यले पर्वतीय मुलुकहरूको समस्या र चुनौती एकै हुने भएकोले मिलेर अघि बढ्न यो पहल अघि बढाएको बताए । पर्वतीय विषय केवल अध्ययन र ज्ञानको रूपमा मात्र होइन यो हजारौं मानिसको जीवनशैली भएकोले अन्य देशले पनि पर्वतीय क्षेत्रमा बस्नेहरूको बारे चासो राख्नुपर्ने शाक्यको धारणा थियो ।

वातावरण सचिव केशव भट्टराईले विश्व मानचित्रको २४ प्रतिशतभन्दा बढी भूभाग पर्वतीय क्षेत्रमा पर्ने तथ्य अघि राख्दै नेपालले कोपनहेगनमा भएको कोप १५ देखि नै पर्वतीय मुद्दालाई अघि सारेको बताए ।

प्रकाशित मिति: २०७१ श्रावण १४ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सर्वहारा जीवनशैली ?!... गुन्द्रुक-ढिँडो खानैपर्ने ?... अनि त्यो मासुभात खानुअघि खाने कि खा'पछि ?

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication