Kantipur-qatar

Kantipur

मिति | शनिबार, २०७० जेष्ठ ११     Login | Register | Issue No. 222
दृष्टिकोण»

कविता

काठमाडौ, मंसिर ७ -
औसीको रातमा

- इन्द्रमान आत्मा

दसैं गयो तिहार आयो म घरमा आउन सकिनँ  

दसैंको त छुट्यो टीका तिहारको टीका नि लाउन सकिनँ



ए चेली मेरो लागि नउन्नु है सयपत्री मखमली

यो दसैं अनि तिहारमा परदेशबाट धाउन सकिनँ



इच्छा चाहनाहरू सबै मारी बाँच्नुपर्दो रै'छ यहाँ

दिदी बहिनीसँगै छम्म-छम्म नाच्दै गाउन सकिनँ



कस्तो आभागी कर्म यो मेरो सधै औंसीको रातजस्तो

एउटी भएकी चेलीको पनी आशिष पाउन सकिनँ



ओखर फुटाउँदै मेरो दशाग्रह बगाइदिनु दिदी

दुःखी नहुनु चेली तिम्रो यो खुसीमा छाउन सकिनँ

- चुरियामाई- ९ मकवानपुर, हाल ः दोहा

जिन्दगी

- बेचन महतो

जति सुन्दर भए पनि बुझ्न नसकेको

नबुझिए पनि भुल्न नसकेको

चट्टानको पत्रैपत्रको र्

एउटा फूल रहेछ जिन्दगी



मैनबत्तीको प्रकाशमा मन्दमन्द

बैजनी रंगमा सजिएर

चन्द्रगिरिमा आस्थासाग टाासिएर

वैभवयुक्त पहाडको टाकुरामा

छमछम नाच्दा जिन्दगी

हरेक प्रहर सूर्य हाँसिरहेथ्यो



शून्य मैदानको परतिर

गंगाको निच्छल पानीझैं

कालो बादलबीच देखिनेर्

एउटा अद्भुत तस्बिर

यो मरुभूमिमा शीतलता खोज्दै

बादलको शुष्क हावामा बरालिँदा

आनन्दले बााच्न चाहँदा जिन्दगी



क्षितिजको पल्लो डाँडाहरूमा

चुपचाप उभिरहेका रूखहरू

गर्मीले ओइलिएका पातहरू

मेरो उदास हृदयजस्तै

निर्भय र निर्दयी रहेछ

ओहो-

कति अटेको छ मेरो हृदयमा

पीर र व्यथाहरू

ब्ादको आकारमा

भित्ताको रेखा रेखामा

पृथ्वीको तह-तहमा

तर

जीवन यसरी नै बितिरहेको छ

- कतार

यस्तै भयो चेली

- मणि पौडेल ँभिखारी’

बहिनी उता म यता रुवाइ उस्तै उस्तै

तिहारको बिछोडमा दुखाइ उस्तै उस्तै



पीडैपीडा बोकेर रात दिन हिँड्ने

पीर बोकेर आँसु बगाई उस्तै उस्तै



सुक्यो होला फूल पनि यो तिहारको

प्रतीक्षाको घडीमा भोगाइ उस्तै उस्तै



नियतिको खेलमा रुमलिँदै जाँदा

रोएपछि आँसु सुकाई उस्तै उस्तै

यस्तै भयो चेली तिहार यो साल

हुँदैन कि अर्कोपालि पर्खाइ उस्तै उस्तै

- राजापानी- ९,  खोटाङ, हाल  दोहा कतार

नयाा युगको ढोका उघार्नलाई जुटौं

 - चकेन्द्र राई

यो धरतीको

स्वर्ग रूपी देशको

नागरिक हौं हामी ।

देवतै देवताको

बास भएको

पुण्यभूमिको बासिन्दा हौं हामी ।

देश रक्षाको लागि

नालापानीको युद्ध लड्ने

बहादुर नेपालीको सन्तान हौं हामी ।

 

त्रिपिटक र बाइबल

रातो दिन घाक्छौ हामी ।

कुरान र चार वेद

एउटै हातमा बोक्छौं हामी ।

अहिले

विदेश नगएको गाउा भेटिन्न ।

नेपाली नपुगेको ठाउा भेटिन्न ।

जहाँ दूतावास छैन,

त्यहाँका लागि खुदै नेपाली

सद्भावाना दूत पनि हौं हामी ।

दुःखमा जिउन

जानेको छौं हामीले ।

नेपालको अर्थतन्त्र नै

धानेका छौं हामीले ।

देश छाडेका सबै

प्रवासी हौं हामी ।

जो जहाा बसे पनि

आखिरी नेपाली नै हौ हामी ।

फेरि पनि मान्नैपर्छ

विश्वसामु निकै पछाडि छौं हामी ।

 

नभएका होइनन्,

हाम्रो देशमा पनि छन्

सुकी र हिलारीहरू ।

तेरिस्कोभा र तसलिमाहरू ।

ख्ोज्नुपर्छ यहाँ लुकेका छन्

इन्दिरा गान्धी र कोन्डोलिजाहरू ।

तर

सगरमाथा भएर उभिएको छ

हाम्रो सामाजिक मान्यताहरू ।

सुनिन्छ

दलित र राउटे

चेलीहरूको टिठलाग्दो कहानीहरू ।

बादी महिलाहरूको कारुणिक व्यथाहरू ।

कणर्ालीतिरका बुहारीहरूको दुःखद कथाहरू ।

अनि सुनिन्छ

दिउसै लुटिएका सीमान्तकृत

दिदी बहिनीहरूको हृदय विदारक सत्य कथाहरू ।

 

त्यसैले अब

कुसंस्कारको जालो चुटाउनुपर्छ ।

विकासको मूल फुटाउनुपर्छ ।

विचारको तरबार उठाउनुपर्छ ।

पितृसत्तात्मक सोच छुटाउनुपर्छ ।

यसैमा हामीले एकता जुटाउनुपर्छ ।

चेतनाले अब चुलोसम्म छुनुपर्छ ।

सभ्य शिक्षित र सम्पन्न नेपाल बनाउन

आधा आकाश महिलाहरूकै विकाश हुनुपर्छ ।

 

भन्नलाई भनिन्छ

महिला भनेको देवी हो ।

हरेकलाई जन्म दिने आमा पनि हो ।

कसैले व्याख्या गर्न सक्दैन आत्मा आमाको ।

त्यसैले अब

हेपिएकाहरू जुटौं ।

छुटाएकाहरू जुटांै ।

पचास प्रतिशत

महिला अधिकार लिनलाई जुटौं ।

आउनुहोस्

संस्कृति क्रान्तिको लागि

म्हिलाहरूकै अग्रसरतामा

नयाा युगको ढोका उघार्नलाई जुटौं !!

अङ्गालोमा बाँधिन

- धीरेन लामा

बाध्यतामा तिमीलाई

आफ्नो बनाउन सकिनँ

जीवनसाथी एउटै हुन्छ

भनी अङ्गालोमा बाँधिन



थाहा पाएँ तिम्ले मलाई

माया गर्दिरहेछ्यौ

एक अर्कामा दुःख सुख

साट्न खोज्दै रहेछ्यौ

तिम्लाई पाउन फेरि उनीलाई

छोड्न पनि त सक्दिनँ

जीवनसाथी एउटै हुन्छ

भनी अंगालोमा बाँधिनँ



सुनेको छु तिमी एक्लै

टोलाएर बस्छ्यौं

मेरै यादमा डुबिएर

कल्पनाको सहरमा रम्छ्यौ रे

तिम्लाई खुसी दिन उनीलाई

रुवाउन पनि त सक्दिनँ

जीवनसाथी एउटै हुन्छ

भनी अंगालोमा बाँधिन

- पदमपोखरी

मकवानपुर

 

प्रकाशित मिति: २०७० जेष्ठ ११ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

रोकिराख्या हैन भन्या !... चढिराख्या बाइक हरायो क्या !

विज्ञापन

Zen Travels Travel de society Travel USA Radio Kantipur British College Rakshya Travel Election Commission Nepal
  हाम्रा प्रकाशनहरु :
Our Publication