Kantipur-qatar

Kantipur

मिति | सोमबार, २०७१ कार्तिक ३     Login | Register | Issue No. 284
तपाईंको कलम»

एउटा मरुभूमिको लाउरे

मंसिर ७ -
सात वर्षअघि रोजगारीको सिलसिलामा सुनौलो सपना गुथेर हरियो पासपोर्टलाई झोलाको खोजीमा सुरक्षति राख्दै रेगिस्तानको चर्काे घाममा जागिर गर्न पुगेको म अहिलेको डोरी लाउरेको जागिरमा छु । सानो छँदा बाले भन्नुहुन्थ्यो, 'बाबु जागिर भनेको तँलाईं थाहा छ ?' 'अहँ थाहा छैन,' बालाई मैले जवाफ दिनुभन्दा पहिल्यै बाले जवाफ दिनुभयो, 'जागिर भनेको जहिले पनि अर्काको अगाडि गएर गिर्ने हो' भन्दा मेरो मनमा यस्तो हुन्थ्यो, अनि मनमनै भन्थेँ, 'फटाहा बूढा जे पाए त्यही भन्छन् ।' आफूलाई कतार कहिले जाउँलाजस्तो भएको छ, भनि बाको जवाफलाई कति विश्वास नमानेरै कतारको लाउरे बन्न पाए कस्तो महान् हुने थिएँ भन्ने सपना बुन्ने गर्दथेँ ।

परिवारको कान्छो छोरो बा-आमालाई लाग्थ्यो परदेशी होइन साथमा राख्न पढोस्-बढोस्ा् भन्ने, तर के गर्नु समयको खेल कर्मको खेल र आफ्नो घमण्डीको बाबजुत ५२ ठक्कर ५३ घुस्स खाउला भन्ने सपनामा सोचेको भए मरि जाउँ ।

तर, पक्कै पनि रहेछ एउटा बाबुले छोरो कहिल्यै बिगि्रजाहोस् भनेर भन्दा रहेछ, तर छोरा नै बेकार हुँदा रहेछन् भन्ने कुरालाई मैले अहिल्यै पूरा विश्वास गरेको छु । कतार आएपछि बाबुले भनेको शब्दका ठक्करले मलाई छाँगाबाट पानीका छाल झरेसरी एक्कासि मेरो सपना मरुभूमिको बालुवामा पछारिने गरेका छन् । तर, पनि सात वर्षको अवधिमा मैले मरुभूमिको यात्रा भने गर्न पाएको थिएनँ । करिब १३ घन्टाको मालिकको ड्युटीले मलाई त्यो टाइम लिन साह्रै बाध्य हुन्थ्यो । तर,  आफूलाई मन पर्ने काम समाज सेवा र समय मिले अलिअलि पत्रकारिताको पनि रुचि राख्ने गर्ने हो । मलाई कतारमा भएका पीडितलाई भेटेर उनीहरूको मर्का बुझेर आफ्नो दक्षता अनुसार आथिर्क सहयोग गर्न पछि नपर्ने मेरो एउटा छुट्टै बानी छ ।

यसरी नै मेरो सालपछि साल बित्दै जाने क्रम जारी रह्यो । दोहाको माहोलमा हेर्ने हो भने यहाँ अहिले करिब चार लाखभन्दा बढी नेपालीको जनसंख्या रहेको छ । कतारलाई कतिपयले मिनी नेपाल भन्ने गरेको पाइन्छ । हुन पनि पक्कै छ, शुक्रबार आउनै हुँदैन । तपाईं जुन गल्ली, समुद्री किनारा, मार्केट, सिनेमा हल, होटल रेन्टुरेन्ट जानुहोस् तपाईंलाई नेपालीको बोली र नेपाली नै देख्न पाइन्छ, यो दोहाको ठाउँमा करिब सयको हाराहारीमा समाजसेवी संस्थाहरू खोलेको पाइन्छ साथै राजनीति नभएको होइन  ।

केही समयका लागि तैंले राम्रोे काम गरिस् भनेर बहादुर भनी घिरौँला जत्रो नाक पारी मलाई आफ्नो कम्पनीको प्रधान कार्यालय दोहाको

पठायो । त्यहाँ हरेक देशका कार्यरतमध्ये एक नेपाली थिए । मलाई दैनिक आठ घन्टाको ड्युटी मात्र गर्नुपर्ने हुन्थ्यो । ड्युटी लिफ्टमा जानुपर्ने कोट र टाईमा सधैँ सजिएर जाँदा बल्ल कतारको लाउरे भएजस्तो भान

भयो । जेजस्तो भए पनि आफ्नो कार्यलाई निरन्तरता दिँदै दोहा बसाइँको अवधिमा बचेको समयलाई सदुपयोग गर्दै समजसेवी अनि साहित्य संघ-संस्था नेपाली कार्यक्रम तथा साना-ठूला समाचार संकलन गर्ने अनि हुँदा-हुँदै दोहाको बसाइँ कतारको माहोलमा गगनचुम्बी टावरमा जागिर गर्ने मिति अन्त्य भएको कम्पनी मुदिरले मलाई जानकारी दिए । अनि म फेरि पुरानै कार्यमा आउन बाध्य भएँ ।

दोहामा हुँदा कतै जानुपर्दा कार्यालयकै साधन प्रयोग गर्ने व्यवस्था हुन्थ्यो नभए सार्वजनिक यातायातकै साधनको भर पर्नुपर्नेछ । केही दिनअघि राजधानी दोहाबाट करिब ८० किमि टाढा अल्खोर अनि रास्लाफानको बीचमा रहेको एउटा मजार -बगैँचा) जाने योजना बनाएँ, तर कम्पनीको क्याम्प पनि त्यहाँ लिएको रहेछ । जानका लागि सवारीसाधान पनि आफ्नै कम्पनीको ।

शुक्रबारको दिन बिहानै आफ्नो दैनिक कार्यलाई निरन्तर दिँदै आफ्नो कार्यतिर लागेँ समय बिहानको ८ बजेको थियो । मजार जाने तयारी भए एक जान करिब ६० वर्षका पाकिस्तानी चाचा -अंकल) ड्राइभरलाई लिएर हाम्रो क्यापबाट निक्लेँ मरुभूमि गन्तव्यतिर । हाम्रो रीतिरिवाजमा आफूभन्दा ठूलालाई मान्नुपर्ने सिकाएका हुन्छन्, तर यहाँ एउटा नेपालमा ड्राइभरलाई गरूँ भनी साथमा राम्री केटी पनि नजिक बस्न मरिहत्ये गर्ने अनि होटलमा सान्नानी र ठूल्नानीले छुट्टै टेबलमा ताजा मासु, बियर बोतल दिएर सत्कार गरेको मेरो आँखाले देखेको छु, । तर यहाँ त्यसको उल्टो छ । ड्राइभरको मान्यता नै हँुदैन कम्पनीको चाहे हेल्पर होस् त्यसले पनि ड्राइभरलाई अधीनमा राख्न खोज्छ ।

मलाई कस्तो लाग्यो आफ्नो बाबुको उमेरभन्दा पाको मान्छेले यसरी मिहिनेत गरेको देख्दा यस्तो पनि सोच्न पुगेँ गाउँघरतिर एकाबिहान जाडो मौसममा अगेनाको छेउमा बसी ए.. बूढी हिजो अलिकति बचेको छ कि ले.. ले खाएर यसो ज्यान तातो हुन्छ कि भन्ने बाजेको याद निकै

आयो । मुस्सुक हासेँ एक्लो हाँस्दा चाचाले -अंकल) प्रश्न तेर्‍साए साब क्या हुआ ? मैले जवाफ दिन सकिनँ । केही समयपछि मैले आफैँले प्रश्न गर्न बाध्य भएँ चाचा -अंकल) आप इत्ने उमेर मे भि क्युँ नकुरी कर्ते हो ? क्या करे साब हमारी यही हालत है । परिवारमा एउटी छोरी मात्र रहिछन् उनको पत्नी एमबीए गरी शिक्षकिा रहिछन्, तर बूढा रहेछन् अनपढ त्यो भयो एउटा पाटो, तर जसरी नेपालको राजनीति बिगि्रएको छ । पाकिस्तानको पनि त्यसरी नै हालत खराब भएका विभिन्न कुराहरू गर्दै साथमा पन्जाबी गान निकै रमाइलो सुनाउँदै गाडी करिब १५० को तीव्र गतिमा ती बूढा चाचाले हुइँक्याए ।

केही समयपछि हाम्रो एउटा क्याम्प आयो । चाचालाई त्यही राखेर केही पर बगैँचामा जाने तर्क राखे । निकै रमाइलो लाग्यो हेर्दा गाउँघरको याद आउने । आफ्नो कम्पनीको क्याम्पबाट पैदल करिब पाँच मिनेटको बाटो मजारतिर भेडा, बाख्रा र ऊँटको बथान हेर्ने पुगे । मनमा अनेकौँ तर्कना राख्दै मजार छिरेँ । जब मजार छिरेँ त्यहाँको पशुपन्छीको आवाजले अनि मेरो मन सबै नेपालको मेरो गाउँघरमा पुग्यो । ऊँट त नेपाल देख्न पाइँदैन त्यो नै भिन्न थियो बाँकी सबै पशुपन्छीको हुल देख्न पाइँदो रहेछ बाख्रा, भेडा, कुखुरा, घोडा, मयूर, कोइली, ढुकुर, आदि निकै रमाइलो लाग्यो केही समयसम्म घुम्न पाए । मलाई त्यहाँबाट र्फकन कत्ति मन लागेन यसो नेपाली पनि छन् कि भनी चियाएँ । तर, सबै बंगालीहरूजस्तो लाग्यो अनि उक्त मजरामा कार्यरतबाट मलाई बाहिरिन सन्देश आयो अनि म तस्बिर डराई-डराई खिच्दै पुन ः चाचा भएको तर्फ लागेँ । अनि चाचासँगै पन्जाबी गीत सुन्दै आफ्नो मरुभूमि यात्राको मनको धोको पूरा गरेँ ।

 

प्रकाशित मिति: २०७१ कार्तिक ३ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

धम्की नै दिन्छु भनी आ'... घुर्की मात्र देखाएम् ! ... योभन्दा बढी कति देखाउनु लचकता ?
  हाम्रा प्रकाशनहरु :
Our Publication