Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७१ श्रावण १४     Login | Register | Issue No. 279
दृष्टिकोण»

देशप्रति संवेदशीलताको खाँचो

मंसिर ७ -
कुकुनै पनि मुलकको उन्नति गर्ने र इज्जत बढाउने काम सम्बन्धित देशका राजनेताहरूको हो । नेपालको राजनीति सप्रन सकेको छैन । राजनीति बिग्रेपछि अरू कुनै पनि नीति सफल हुन नसक्ने तथ्य जगजाहेर नै छ । देशको मूल कानुन संविधानसम्म पनि लेखिन सकेको छैन । मुलुक असफल राष्टृ घोषित हुन आँट्दा पनि हाम्रा नेताहरू प्राचीन रोमको बादशाह निरोले रोम सहर जल्दै गर्दा बाँसुरी बजाएर आनन्द लिइरहेको जस्तो गर्दै छन् ।

सरकारले घोषणा गरेको निर्वाचन सम्पन्न गर्न सकेन । अर्काे निर्वाचनको मिति तोक्न दलहरूको बीचमा सहमति बन्न नसकेको अवस्था छ । निर्वाचन आयोगमा आयुक्त पदहरू खाली छन् । सर्वोच्च अदालतमा पनि न्यायाधीशहरूको पदावधि समाप्त हुँदै छ । निर्वाचनको निम्ति आवश्यक पर्ने ऐन कानुनहरू निर्माण र परिमार्जन गर्नको लागि संसद् नरहेको अवस्था छ । लोकतन्त्र नियन्त्रण र सन्तुलनको आधारमा परिचालित हुने राजनीतिक पद्घति हो तर वर्तमान नेपालमा सरकारमाथि अंकुश लगाउने कुनै पनि वैधानिक संस्थाको अस्तित्व रहेको छैन । अलंकारिक राष्टृपतिको आदेश मान्न सरकारले जरुरी छैन भन्ने गर्छ ।

अर्कातर्फ संघीयताको जञ्जालमा फसाएर एकल जातीय पहिचानको आधारमा हाम्रो गौरवशाली मात्रृभूमिलाई विभाजित गर्ने कुत्सित मनसाय राखेर संविधान बन्न नदिने नेतामा सत्बुद्घ िआउनैपर्छ । संघीयता नै सम्पूर्ण शोषण, दमन र उपीडनको विरुद्घ रामवाण नै हो भन्ने ठान्ने सोचाइ पनि भ्रम हो । संघीयता मुलुकको वस्तुगत आवश्यकता अनुरूप हुनुपर्ने र जातीयता त समाज विकासको क्रममा उत्पत्ति भएको एउटा भ्रमवाल मात्र हो । महिला मुक्ति पनि आधा आकाशमा पुगेर अल्मलिएको छ । आकाशमा पुगेर अल्मलिने यान कुनै ग्रहमा पुग्न सक्दैन । दलित, उत्पीडित र अल्पस्ांख्यक समुदायका महिलाको मुक्ति सम्भ्रान्त परिवारका महिला नेत्रृहरूबाट कदापि सम्भव हँुदैन ।

एक दिनमा करिब १२ सय युवाहरू हवाइजहाज चढेर नेपालबाट विदेश जाने गर्छन् । यो तथ्याङ्कले नेपाल युवा शक्ति निर्यात गर्ने मुलुकमा रूपान्तरित हुन पुगेको तथ्य बोध

गराउँछ । लोकतन्त्र र आर्थिक उन्नतिको निम्ति यति धेरै युद्ध लडिसकेका नेपालीहरू रोटीरोजीको निम्ति बिदेसिनुपर्ने अवस्था निश्चय नै दयनीय मान्नुपर्ने हुन्छ । विदेशमा असजिलो भोग्दै आफनो पेसा व्यवसाय गर्दै आएकाहरूमा देशप्रतिको प्रेमभाव र आर्थिक, सामाजिक अवस्थाप्रति संवेदनशीलता वृद्धि हुनुपर्ने अवस्था आएके छ ।

-    सन्धिर्खक, अर्घाखाँची ः हाल दोहा   





 

प्रकाशित मिति: २०७१ श्रावण १४ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सर्वहारा जीवनशैली ?!... गुन्द्रुक-ढिँडो खानैपर्ने ?... अनि त्यो मासुभात खानुअघि खाने कि खा'पछि ?

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication