Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ कार्तिक ६     Login | Register | Issue No. 284
दृष्टिकोण»

चीनका सी, उरुग्वेका जोसे र नेपालका प्रचण्ड

मंसिर ७ -
गएको श्ुाक्रबार र शनिबार नेपालमा तीन भिन्न समाचार सन्र्दभहरूले विशेष चासो र चर्चा बटुले । तीन भिन्न मुलुकका राजनीतिक व्याक्तित्वका सन्दर्भमा केन्दि्रत उक्त सन्दर्भका पात्रहरूमा पहिलो, दोस्रो र तेस्रो गरी क्रमशः नेपालका भूतपूर्व प्रधानमन्त्री एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालको उत्तरी छिमेकी मुलुक चीनको चिनियाँ कम्युनिस्ट पार्टी-सीपीसीका महासचिव सी जिनपिङ र उरुग्वेका राष्ट्रपति जोेसे थिए । प्रचण्ड एक युवाको थप्पड खानुपरेका कारण चर्चामा रहे भने सी विश्वकै ठूलो राजनीतिक पार्टी चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीको महासचिव हुँदै विश्वको दोस्रो र निकट भविष्यमै पहिलो विशाल अर्थतन्त्र बन्ने होडमा रहेको उदीयमान चीनको शक्तिशाली राष्ट्रपति बन्न पुगे । फरक भूगोलमा रहेको भएता पनि दक्षिण अमेरिकी मुलुक उरुग्वेका राष्ट्रपति जोसे राष्ट्रपति भएबापत प्राप्त हुने सुविधाहरू छोडेर कृषि र्फममा बस्ने तथा तलब सुविधा गरिबहरूका लागि खर्च गर्नेजस्तो साधारण जीवनशैली र उदाहरणीय व्यवहारका कारण चर्चामा रहन पुगे ।

जतिबेला माओको चीनमा सीले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको समद्ध मुलुकको राष्ट्रपतिका रूपमा शपथ लिँदै थिए यता नेपालमा भने प्ा्रचण्डलाई संास्कृतिक पर्व तिहार, छठ तथा नेपाल संवत्का अवसरमा उनको आफ्नै पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भइरहदा आफ्नै पार्टीका पूर्वकार्यकर्ताबाट थप्पड हानिएका समाचारहरू सञ्चार माध्यममा छाउँदै थिए । सञ्चार माध्यमहरू र सामाजिक सञ्जाल फेसबुक तथा ट्विटरहरूमा प्रकाशित एवं प्रसारित प्रतिक्रियाहरू प्ानि उनीप्रति त्यति सकरात्मक र सिर्जनशील देखिएनन् । एमाले अध्यक्ष झलनाथ खनाल, झक्कुप्रसाद सुवेदी, प्रचण्ड-बाबुराम, सुशील हुँदै पुनः प्रचण्डका गालासम्म चड्कन पर्दा वा कुर्ची प्रहार हुँदा फेसबुकका भित्ताहरू राजनीतिक दलप्रति अलिकति

आग्रह पूर्वाग्रह र बढीजसो असन्तुष्टि र आक्रोशयुक्त प्रतिक्रियाहरूले पोतिएको पाइयो । राजनीतिक नेतृत्वप्रतिको यो जनआक्रोश, यो साहानुभूति शून्यताको स्थितिमा हामी क्षणिक आत्मरतिमा रमाउन सकौंला तर यो कसैका लागि पनि सुखद विषय पक्कै होइन ।

संलग्नता ज-जसको भए पनि सार्वजनिक स्थलमा राजनीतिक नेतृत्वमाथि हातपातमा उत्रनु भनेको दुखद, अमर्यादित, अशोभनीय र निन्दनीय कार्य हो । यो सुसभ्य र सुसंस्कृत सामाजिक परिपाटीको विरुद्धको कार्य हो । तर यो राजनीतिक नेतृत्वले अर्थाएजस्तो देशी विदेशी दलाल प्रतिक्रियावादीहरूले गराएको सुनियोजित घटना भने अवश्य होइन । यो प्रमुख भनिने राजनीतिक दल र तीनका शीर्ष भनिने नेताको असफलताले निम्त्याएको घटना हो, जनताबाट वैधता समाप्तिको जनाउ घन्टी र सहमतिको नाममा वर्तमान राजनीतिक नेतृत्वले मुलुकलाई बन्दी बनाउँदाको परिणाम हो । परिदृश्यमा गोर्खाका प्रेमराज देवकोटा, सुनसरीका देवीप्रसाद रेग्मी, नेविसंघका प्रवेश बस्नेत र बागलुङका पवन कुँवर जोसुकै देखिएको भए पनि घटना राजनीतिक नेतृत्वको अलोकपि्रयताले आम जनतामा व्याप्त चरम निराशा, कुण्ठा र असन्तुष्टिको प्रतिक्रियाको प्रतिविम्बन हो । यस घटनाबाट दलहरूका नेताहरूले निराशा र कुण्ठाहरू सधैं अनुशासित र सभ्य ढंगले अभिव्यक्त हुन्छन् भन्ने छैन बरु अनुशासविहीन, अराजक र आपराधिक स्वरूपमा देखा पर्ने गर्दछ भन्ने सिक्नु आवश्यक छ ।

०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछिको यो अवधिमा नेपालको राजनीतिमा भएका केही युगान्तकारी परिवर्तनहरू जस्तै संविधानसभाको निर्वाचन, राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना हुनु, संघीयता, धर्म निरपेक्षता तथा पहिचान र समावेशिताजस्ता महत्त्वपूर्ण विषयहरू राष्ट्रिय राजनीतिका सर्वस्वीकृत सरोकारका विषय बन्नुलाई महत्त्वपूर्ण राजनीतिक विकासक्रमको सुरुवातका रूपमा लिन सकिन्छ । तर दलहरूको ध्यान उल्लेखित विषयहरूलाई संस्थागत गर्ने गरी संविधानको निर्माणमा होइन कि सत्ता स्वार्थमै अल्भिmयो । चार वर्षको अवधिमा मुलुकले चारवटा प्रधानमन्त्री पायो तर कसैबाट पनि इमानदारी, कार्यकुशलता तथा दीर्घकालीन सोच, विचार, चिन्तन र व्याहार पाएन । सिद्धान्तमा सहमति र एकताका कुरा गर्ने दलका नेताहरू व्यवहारमा आफ्नै पार्टीका सत्तासिन नेताको कुर्सी खोस्न जस्तोसुकै अप्राकृतिक गठबन्धन गर्न पछि परेनन् । चाहे समग्र मधेस एक प्रदेशवाला विजय गच्छदार-जेपी गुप्तादेखि अजुर्न दृष्टिवाला झलनाथ हुन् वा केपी तथा माधव हुँदै एमाओवादीका नारायण काजी- बादल-वैद्य-बाबुरामदेखि लिएर कांग्रेसका सुशील-रामचन्द्र वा शेरबहादुर नै किन नहुन सत्ताको छिनाझपटीमै आपmनै पार्टीका विरुद्धमा मोर्चाबन्दी गर्न व्यस्त देखिए । संविधान निर्माणमा कसैको इमानदार प्रयत्न भएन । जनताका प्रतिनिधि ठानिएका सभासदहरू यतिसम्म निरिह देखिए कि राज्यकोषबाट तलब भत्ता बुझ्ने र संविधानसभाको म्याद सकिने र थप्ने दिनमा नाराबाजी गर्नेबाहेक उनीहरूको अरू कुनै उपादयता देखिएन । यसै क्रममा समावेशीकरणको अनुपम उदाहरण मानिएको संविधानसभा नेपाली जनतालाई करोडौंको व्ययभार बोकाएर आफ्नो घोषित जिम्मेवारी पूरा नगरी भंग हुन पुग्यो ।

राष्ट्रियता, जनतन्त्र र जनजीविका कुनै पनि पार्टीका गम्भीर चासो र सरोकारका विषय बन्न सकेनन् । सबैजसो सरकारहरूले यो वा त्यो बहानामा भ्रष्टचार, कालोबाजारी र कृत्रिम मूल्य वृद्धिलाई छुट दिए । राजनीतिक भ्रष्टाचार र महँगीले सीमा नाघ्यो । लाखौंलाख युवाजनशक्ति रोजीरोटीका लागि विदेश पस्ने क्रम कम हुन सकेन । जतिसुकै राष्ट्रवादी देखिए पनि सत्ता पाउन, टिकाउन र गिराउन भारतलाई रिझाउने प्रवृत्ति सबैजसो नेताहरूमा देखियो । इतिहासमै राष्ट्रियता कमजोर बन्न पुग्यो । दलहरूको असफलताबाट उत्सहित हुँदै पूर्वराजा धर्मको आडमा गुमेको सत्ता फित्ता गर्न सकिने सपना बुन्दै हिँड्न थाले । यसै सन्दर्भमा शीर्षस्थ भनिने सबैजसो नेताहरूका गालामा चड्कन परे वा शरीरमा कुर्सी प्रहार भए तर नेताहरूमा युग चेतना पलाएन । कसैगरी उनीहरू सत्ता मोह हट्न सकेन ।  

आखिर प्रचण्डमाथि नै आक्रमण किन ? साँच्चै भन्ने हो भने ०४६ सालको परिवर्तनदेखि ०६२/०६३ को जनआन्दोलनसम्म आइपुग्दा कांग्रेस-एमालेका नेताहरू जनताबाट बहिष्कृत भइसकेका थिए । र, जनताले प्रचण्डलाई संविधानसभाको निर्वाचनबाट आशा र भरोसाको मत जाहेर गरेका थिए । निःसन्देह उनी गणतन्त्र नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री हुँदै भूतपूर्व प्रधानमन्त्री तथा संविधानसभामा मुख्य ठूलो दलको अध्यक्ष र विद्रोही नेताका हिसाबमा राष्ट्रिय राजनीतिमा शक्तिशाली पात्रका रूपमा रहे तर आम जनअपेक्षालाई पूरा गर्ने दिशामा गतिलो भरपर्दो कदम उठाउन सकेनन् । उनले न त परिवर्तनको नेतृत्व गर्न सके न त विद्यमान व्यवस्थामै समायोजन हुने कुरालाई स्वीकार गर्न सके । उनले आम अपेक्षा तथा आफ्नै वचनबद्धता अनुसार शान्ति, संविधान र अग्रगामी राजनीतिक परिपाटीको निर्माण गरी समृद्ध र समुन्नत नेपालको जग बसाउने अभियानको राजनीतिक तथा वैचारिक नेतृत्व गर्न सकेनन् ।

प्रचण्डले बारम्बार गुनासो गर्ने गरेजस्तै एउटा विद्रोही नेता हुनुले पनि उनलाई केही न केही अप्ठयाराहरू र सुरक्षा संवेदनशीलताहरू छन् । जुन कुरालाई कुनै पनि बहानामा नजरअन्दाज गर्न मिल्दैन । यसै क्रममा भएको पार्टी विभाजनले उनलाई गम्भीर धक्का पुगेको हुनुपर्दछ । विभाजनपछि हिजो उनलाई देवत्वकरण गर्नेहरू आज दानवीकरण गर्ने तल्लीन भएर लागेका छन् । बेलाबेलामा आउने उनका विवादास्पद अभिव्यक्ति र स्पष्ट अडानको अभाव एवं रवाफिलो जीवनशैलीले जनतामा उनीप्रति नकारात्मक भावहरू पैदा भएको देखिन्छ । आफूलाई सर्वहारा वर्गको पार्टी भन्ने माओवादी पार्टीका नेता र कार्यकर्ताको जीवनशैलीमा ठूलो अन्तर देखिनु सर्वहारा वर्गीय संस्कृतिको अभाव खड्किनु, त्यसमा पनि पार्टी अध्यक्षकै जीवनशैली रवाफिलो र भड्किलो देखियो भन्ने गुनासाहरू व्यापक मात्रामा आउनुले प्रचण्डको हिजोको चामच्कारिक लाग्ने छवि धमिलिएको छ । जनयुद्धको नेतृत्व गरेका प्रचण्डलाई साधारण जीवनशैलीलाई छोडेर आलिशान महल, पजेरो, दर्जनौं सुरक्षाकर्मी र राजसी खानदानप्रतिको उनको बढ्दो मोहले उनीमाथि एउटा नैतिक प्रश्न खडा गरिदिएको छ । शान्ति प्रक्रियामा आएपछि तनाव कम गर्न रिर्सोटहरूमा पुग्ने पुग्ने उनी कतिचोटि जनताको घरदैलोमा पुगे थाहा भएन । तर जनयुद्धको जननी थवाङमै उनका लागि बास छैन भन्नेसम्मका समाचारहरू आउनु र आपmनै कार्यकर्ताबाट थप्पड खानु सुखद विषय होइन । उरुग्वेका जोसेको जीवनशैली र चिनियाँ समृद्धिबाट केही शिक्षा मिलोस् राजनीतिक नेतृत्वलाई चेतना भया... ।





 

प्रकाशित मिति: २०७१ कार्तिक ६ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

लाइन काटेर आ' !... केटा'रू द्यौसी भट्याउदैथे, 'झिलिमिली झिलिमिली' भन्दै लाइनै काट्दें !
  हाम्रा प्रकाशनहरु :
Our Publication