Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ वैशाख ११     Login | Register | Issue No. 268
समसामयिक»

भिडियो कन्प|mेन्सले कमाल गर्‍योे गाउँमा

नागी -म्याग्दी, मंसिर ७ -
सूचना-प्रविधिको पहुँच वृद्धिले दुर्गम वस्तीमा समेत पत्याई नसक्नु सुविधा पुर्‍याएको छ । नागी गाउँमा पुर्‍याइएको भिडियो कन्प|mेन्स प्रविधि मार्फत गरिने विशेषज्ञ डाक्टरहरूको उपचार सेवा हेरेपछि जो कोहीलाई पत्याउन कर लाग्छ । दुर्गम बस्तीमा सहजै स्वास्थ्य सेवा पुर्‍याउन सुरु गरिएको भिडियो कन्प|mेन्सबाट उपचार गरिने आधुनिक प्रविधि टेलिमेडिसिन सेवा प्रभावकारी भएको छ ।

दुर्गम बस्तीमा टेलिमेडिसिन पद्धतिबाट बिरामीको उपचार गर्न राजधानी काठमाडौंस्थित मोडेल अस्पतालसँग आधुनिक सञ्चार प्रविधि ताररहित इन्टरनेटबाट भिडियो कन्प|mेन्सको प्रबन्ध गरिएको छ । हरेक दिन बिहान ८-२० दुई घन्टा मोडेल अस्पतालका सरोज धितालसमेतको विशषज्ञ डाक्टरहरूले यहाँका बिरामीको उपचारमा समय खर्चने गरेका छन् । 'लेकाली जीवनमा मेलापात साथै गोठखेत गर्नुपर्ने हुँदा गाउँलेहरू सहरमा पुगेर हत्तपत्त उपचार गराउन सक्दैनन् ।  टेलिमेडिसिन सेवाबाट दैनिक ५-७ जना सिकिस्त बिरामीले भिडियोकन्प|mेन्स मार्फत डाक्टरसंग उपचार सम्भव भएको छ,' स्थानीय हेल्थ ल्किनिककी लीला पुनले बताइन् ।  

समुदायले आधुनिक स्वास्थ्य प्रविधियुक्त सेवा सञ्चालन गर्न सस्तो मूल्यका हेल्थल्किनिक पनि चलाएको छ । स्थानीय तहमा बिरामीको उपचार समुदायले नियुक्त गरेका अहेब र अनमीहरूले सानातिना रोगको उपचार गर्छन् । सामान्य स्वास्थ्य सेवाको सुविधाबाट समेत वञ्चित जिल्लाका उत्तरी क्षेत्र दुर्गम बस्तीहरूमा सस्तो र सुलभ उपचार पुर्‍याउन सुरु गरिएको सेवाबाट विपन्न गाउँले लाभान्वित भएका छन् ।

सदरमुकाम उत्तरपूर्वी भेगका यी गाउँमा पाँच वर्षदेखि टेलिमेडिसिन सेवा सुरु गरिएको हो । सूचना/प्रविधि मार्फत सामाजिक, आर्थिक विकासका अभियन्ता महावीर पुनको अगुवाइमा ताररहित इन्टरनेट पुगेपछि दुर्गम बस्तीमा राजधानीका विशेषज्ञ डाक्टरहरूसँग भिडियो कन्प|mेन्स मार्फत गरिब गाउँलेहरूको निःशुल्क उपचार सम्भव भएको हो ।

भिडियो कन्प|mेन्समा यहाँका बिरामीहरूले स्थानीय स्वास्थ्यकर्मीको सहयोगमा काठमाडौंका डाक्टरसँग रोगको लक्षण बताउंछन् र डाक्टरले पनि वेभक्यामेराको सहायताले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधिको  प्रेस्किप्सन लेखिदिन्छन् । त्यही र प्रेस्किप्सनको आधारमा स्थानस्य स्वास्थ्यकर्मीले बिरामीलाई औषधि दिन्छन् । 'गाउँमा उपचार गर्न नसकिने जटिल तथा आपतकालीन अवस्थामा भिडियो कन्प|mेन्स -टेलिमेडिसिन) अति प्रभावकारी भएको छ,' हिमाञ्चल उच्च माविका प्राचार्य रमन पुनले थपे, 'भिडियो कन्प|mेन्स मार्फत डाक्टरसँग स्वास्थ्य परीक्षण र परामर्श गरेको कुनै शुल्क तिर्नुपर्दैन ।' गाउँमा औषधि र स्वास्थ्यकर्मीको व्यवस्था र औषधि किन्ने रकमको जोहो रोमन म्यागासेसे पुरस्कार विजेता अध्यक्ष रहेको हिमालय संरक्षण संस्था -आईएचसी) नामक एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गर्छ ।



 

प्रकाशित मिति: २०७१ वैशाख ११ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अबिन

काम्रेड नेपाल, नेता नेपाल, पुरानै नेपाल... यतिका शब्द हुँदाहुँदै जान्ने भ’र ह्याँ किन 'नयाँ नेपाल’ राख्नु भा’ ?

विज्ञापन

Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication