Kantipur-qatar

Kantipur

मिति | बिहीवार, २०७१ श्रावण ८     Login | Register | Issue No. 278
मिसमास»

विराटनगरमा छठ

विराटनगर, मंसिर ७ -
सबै जाति समुदायबीच सद्भावको पर्व बन्दै गएको छठको रौनक विराटनगरमा विशेष प्रकारको हुने गरेको छ । यहाँका सिंघिया र केशलिया खोला किसानरसँगै विभिन्न जलाशयमा व्रतालुहरूले पूजा गर्ने गरेका छन् ।

सिंघिया र परोपकारघाटको रौनक विशेष हुने गरेको छ । दसैं तिहारको समापनपछि हुने यो पर्वमा व्रतालुभन्दा धेरै मेला भर्न आउजाउ गर्नेको घुइँचो हुने गरेको छ । उपमहानगरको सिंघिया खोलाबाहेक केशलिया, जुडी, चतरा हुँदै आएका सुनसरी-मोरङका नहरका डिल, रानी क्षेत्रको बाबा, मण्डा पोखरीसँगै साना-ठूला सबै जलाशयमा व्रतालुको भीड हुने गरेको छ । वर्षौदेखि परम्परागत रूपमा पूजा गर्दै आएको घाटमै व्रतालु र उनीहरूका परिवार भेला हुन्छन् । तिहारसँगै घाटको सरसफाइमा जुट्ने परिवारका सदस्यले व्रतालुलाई सहज बनाउन घाट सम्याउनुका साथै सजावट पनि

गर्छन् ।  पर्वलाई व्यवस्थित बनाउन उपमहानगरपालिका र छठ व्यवस्थापन समितिले काम गर्ने गरेको छ । बुधहाटदेखि धरानरोडसम्मको करिब पाँच सय मिटर क्षेत्रमा छठबजार भएको थियो । नगरका विभिन्न स्थानमा स्वागत द्वार बनाइएका थिए ।

 

प्रकाशित मिति: २०७१ श्रावण ८ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सर्वहारा जीवनशैली ?!... गुन्द्रुक-ढिँडो खानैपर्ने ?... अनि त्यो मासुभात खानुअघि खाने कि खा'पछि ?

विज्ञापन

Radio Kantipur
  हाम्रा प्रकाशनहरु :
Our Publication