Kantipur-qatar

Kantipur

मिति | शुक्रबार, २०७१ वैशाख ५     Login | Register | Issue No. 267
खाडी»

इजरायलमा ँबंकर’ जिन्दगी

काठमाडौ, मंसिर ७ -
जom।चभउयचतभच२gmबष्।अिom <mबष्तियस्जom।चभउयचतभच२gmबष्।अिomश्र

जहाँ जोखिम, त्यही कमाइ । यो नियम वैदेशिक रोजगारको हकमा पनि लागू हुन्छ । बढी आम्दानी हुने भनिएको इराक, अफगानिस्तान, इजरायलमा र लेबनान जोखिम नै उस्तै छ । कतिखेर के हुने हो यकिन गर्न निकै गार्‍हो पर्छ । यी मुलुकमा बेला बेला हुने आन्तरिक र बाह्य हस्तक्षेप युद्ध, विस्फोटको घटनाले नेपाली कामदार पनि मारमा पर्दै आएका छन् ।

अहिले केही सातादेखि इजरायलका लागि नेपाली राजदूत प्रल्लादकुमार प्रसाईको ब्यस्तता निकै बढिरहेको छ । नेपालको परराष्ट्र मन्त्रालयले पनि दैनिकजसो इजरायलको राजधानी तेलअभिबस्थित नेपाली दूतावाससँग सम्पर्क गरी त्यहाँ रहेका नेपालीको वस्तुस्थितिबारे बुझिरहेको छ ।

एक सातादेखि इजरायल र गाजाबीच एकआपसमा रकेट, लन्चर हानाहान भइरहेको छ । हमासको शासन रहेको गाजाक्षेत्रमा व्यापक हवाई आक्रमण गरिरहेको इजरायलमा पनि उताबाट रकेट आइरहेको छ । गाजाबाट आक्रमण गरेर रकेट इजरायलको दक्षिणी भेग बढी प्रभावित भइरहेको छ । गाजामा मर्नेहरूको संख्या बढिरहे पनि इजरायलमा भने मानिसको क्षति भएको छैन । 'मंगलबारसम्म कोही विदेशी कामदारलाई क्षति पुगेको समाचार आएको छैन,' राजदूत प्रसाईले भने, 'आत्तिहाल्नुपर्ने स्थिति छैन ।'

डेढ वर्षअघि मात्रै लिबियाबाट झन्डै १८ सयभन्दा बढी नेपाली कामदार सकुशल उद्धार गरेको अनुभव नेपाल सरकारसँग छ । त्यो अनुभव अनुसार नेपाली दूतावासले भोलि सम्भाबित खतरासँग जुध्न आन्तरिक तयारी गरिरहेको जनाएको छ ।

गाजा क्षेत्रबाट १२ किलोमिटरको दूरीमा पर्ने इजरायलको अस्केलिनमा कार्यरत बिन्धबासिनी पोखराका नरेन्द्र पराजुलीले त्यहाँ भइरहेको युद्धसँग बढी नै अभ्यस्त छ । २२ वर्षदेखि इलेक्टि्रकल इन्जेनियरको रूपमा इजरायलमा काम गरिरहेका उनी बसिरहेको क्षेत्र युद्धबाट प्रभावित र गाजाबाट सबैभन्दा नजिक  छ । त्यो क्षेत्रमा बढीजसो नेपाली महिला कियरगेभरको रूपमा कार्यरत छन् । कृषि क्षेत्रमा काम गर्ने नेपालीको सख्या दैनिकजसो घटिरहेका छन् । गाजा क्षेत्रबाट १२ देखि ४० किलोमिटर क्षेत्रमा पर्ने इजरायलको अस्दौड, सेडोरुप,

बेरुसेलभ छन् ।  

युद्ध चर्केपछि मानिसको चहलपहल २० प्रतिशत घटेको छ । राष्ट्रिय अन्तर्राष्ट्रिय चासो पनि उत्तिकै छ । संयुक्त राष्ट्रसंघदेखि छिमेकी देशहरूले पनि युद्धविराम गर्न दुवै देशलाई बारम्बार आग्रह गरिरहेका छन् । त्यस विषयमा इजिप्टका प्रधानमन्त्रीले अग्रसरता देखाइरहेका छन् । तर त्यो निणर्ायक हुन सकेको छैन ।

इजरायलले गाजा क्षेत्रमा व्यापक कारबाही बढाइरहेको छ । इजरायलको दक्षिण भेगमा त्यति ठूलो क्षति पुगेको छैन । हमासले प्रहार गरेको रकेट इजरायली सेनाले आइरन बम प्रहार गरी आकाशमै डिस्पोज गरिरहेको छ । आफ्ना नागरिकको सुरक्षाको लागि इजरायलले सक्दो काम गरेको हुँदा नेपाली पनि सुरक्षित छन् । 'भर्खरै १५ मिनेटअघि  हमासले ५ वटा रकेट प्रहार गरेको थियो । त्यसमध्ये ४ वटा आकाशमै डिस्पोज भए भने एउटा हाम्रो नजिकैको घरमा आएर खस्यो,' पराजुलीले फोनबाट त्यहाँको वस्तुस्थिति भनिरहेका थिए, 'आइरन बमको बढी प्रयोग हुँदा हामीलाई पनि त्यति डर छैन ।'    

इजरायली सरकारले बारम्बार युद्ध गरिराख्नुपर्ने हुँदा सबै घरमा सुरक्षाको लागि अनिवार्य बंकर बनाउनुपर्ने नियम रहेछ ।  सबै घर र फ्ल्याटमा फलामको बंकर बनाएको हुन्छ । गाजा क्षेत्रबाट रकेट प्रहार हुनासाथ साइरन बज्छ । त्यस्ता साइरन ठाउँठाउँमा राखिएको हुन्छ । साइरन बजेको ३० सेकेन्डभित्र बंकरमा पुगिसक्नुपर्छ । 'बंकरमा छिरेपछि घरमै रकेट झरे पनि केही हुँदैन,' उनले  भने, 'अघि रकेट खसेको मान्छेहरू बंकरमा लुकेका हुँदा कसैलाई केही भएन ।'

इजरायलमा कार्यरत नेपाली एकआपसमा निरन्तर सम्पर्कमा छन् । त्यो क्षेत्रमा बसिरहेका नेपालीसँग दूतावासले निरन्तर सम्पर्क गरिरहेका छन् । राजदूत प्रसाईले  नेपालीसँग दैनिकजसो सम्पर्क गरी यथास्थिति बुझी नेपाल सरकारलाई रिपोर्टिङ गरिरहेका छन् । पाँच हजारभन्दा बढी नेपालीमा धेरैजसो पुराना छन् । त्यहाँको बस्तुस्थितिबारे जानकार भएकोले 'त्रासपूर्ण' अवस्था छैन ।

दूतावासले नेपालीलाई सचेत भएर बस्न अनुरोध गरिरहेको छ । दूतावासले नेपाली नागरिकलाई  बढ्दो तनाव र आक्रमणका विषयमा यथासम्भव सचेत रहन, आफ्नो क्षेत्र वा प्रसारण भइरहेको समाचारहरूमा ध्यान दिन, होम प|mन्ट कमान्डले दिएको तथा इजरायलको सम्बन्धित निकायले जारी गरेको निर्देशनहख पालना गर्न र  आक्रमण समयमा साइरन बज्दा बंकर वा अन्य सुरक्षित स्थान सेल्टरमा तत्कालै जान अनुरोध गरिरहेको छ ।

'यहाँ आत्तिहाल्नुपर्ने स्थिति  छैन । दूतावासले होसियार भएर बस्न भनिरहेको छ । सबै नेपाली पुराना भएकाले यहाँको वस्तुस्थिति सबैले बुझेका छन् । हामी पनि दूतावाससँग समन्वय गरिरहेका छौं,' पराजुली भनिरहेका छन्, 'यताको होहल्ला र अफबाहको भरमा कुनै निर्णय नलिई वा अनावश्यक रूपमा नआत्तिई काम गरिरहेका छौं ।'





 

प्रकाशित मिति: २०७१ वैशाख ५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER KEYWORD OR DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

एऽऽ इस्थगित भो ?!... कोरम पुग्या जस्तो देखेसि क्यै चंै हुँदैछ भन्ने शंका त ला’थ्यो !

विज्ञापन

New Year Suppliment 2071 Radio Kantipur Rakshya Travel
  हाम्रा प्रकाशनहरु :
Our Publication