दोहा, मंसिर ७ -
आइतबार बिहान ८ बजेको थियो । दोहास्थित नेपाली दूतावासको मुख्य गेटअगाडि दुईवटा पिकअप भ्यानमा लोड गरी ल्याएको लगेजहरू भटाभट तल झार्न थाले । त्यसमा बन्दोबस्तीका समान र दुईवटा टीभी पनि थियो ।
लगेज र्झन १८ जना नेपाली कामदार व्यस्त थिए । 'हाम्रो बिचल्ली भयो । सबै बाटो बन्द भयो । हाम्रो अभिभावक ठानेर दूतावासमा शरण लिन यहाँ आएको हो,' पीडितमध्येका जाजरकोटका रामबहादुर परिवारले भने, 'अब जति भोग्नु भोगियो ।'
उनीहरू कतारको एक कन्ट्राक्टिङ कम्पनीमा कार्यरत रहेछन् । कम्पनीले राखेको क्याम्पमा बस्न नदिएपछि उनीहरू अलपत्र परेका हुन् । साथमा रकम अभावले उनीहरू बचेको सिलिन्डर बेचेर दूतावास आइपुगेका हुन् । 'हामी बस्ने क्याम्पमा कम्पनीले भाडा तिरेको रहेनछ । कोठा साहुले पहिलेदेखि नै हट्न उर्दी जारी गरिरहेको थियो । तर हामी अटेर गरेर बसिरहेका थियौं,' उनले भने, 'त्यसपछि बिजुली र पानीको लाइन नै काटिदिएपछि हामी क्याम्पबाट हट्न बाध्य हुनुपरेको हो ।' लेबर क्याम्पमा आएका ती पीडितहरू कोठाको अभाबमा झन्डै एक महिनादेखि छतमा समेत सुत्दै आएका थिए । उनीहरूलाई कम्पनीले तीन महिनादेखि हेरेको छैन् । 'कम्पनीले खाना नदिएको पनि पाँच/छ महिना भइसकेको छ', अर्का पीडित रुपन्द्रेहीका शेरबहादुर बिकले भने, 'जसोतसो गुजारा चलाउँदै आएको थियो । अब धान्न नसक्ने भएपछि दूतावास आएको हो ।'
पीडितहरू पछिल्लो तीन महिनादेखि दूतावास धाइरहेका छन् । दूतावासको सिफारिसमा उनीहरूले कम्पनीविरुद्ध एक महिनाअघि मुद्दा पनि हालेका
छन् । 'हामीसँग खर्च पनि छैन,' कैलालीका रामलाल चौधरीले भने, 'जसोतसो साथीहरूले आफूसँग भएको लगेजहरू बेच्दै खर्च जुटाइरहेका छन् ।'
छन् । यसअघि नै दूतावासले यो समस्यालाई समाधान गर्न कम्पनीका व्यवस्थापनलाई दुई पटकसम्म बोलाएर छलपल
गरेको थियो । कम्पनीले नोभेम्बर १५ तारिखसम्म तलब दिएर स्वदेश पठाउने प्रतिबद्ध जनाएको थियो । राजदूत मायाकुमारी शर्माले पीडितको समस्या समाधान गर्न प्रयास जारी