Kantipur-qatar

Kantipur

मिति | बुधवार, २०७१ आश्विन १५     Login | Register | Issue No. 284
खाडी»

तीन क्याम्पमा आगलागी

दोहा, मंसिर ७ -
कतारको सनैया ५२ स्थित लेबर क्याम्पमा भीषण आगलागी हुँदा ४ वटा क्याम्प जलेर ध्वस्त भएको छ । यसबाट कामदारहरू प्रभावित बनेका छन् ।  अल जावर कम्पनीको एक क्याम्पमा कार्यरत ६५ जना कामदार प्रभावित बनेका छन् । त्यसमध्ये सम्पर्कमा आएका १५ जना नेपालीलाई स्याङ्जा सहयोग समाजले सहयोग गरेको छ ।

ठूलो आगलागी भए पनि मानवीय क्षति हुन पुगेन । कामदारहरू काममा गएको अवस्थामा आगलागी भएकाले मानवीय क्षति हुन नपाएको हो । स्याङ्जा सहयोग समाजका द्वितीय उपाध्यक्ष गोप सुनारको संयोजकत्वमा प्रमुख सल्लाहकार तथा गैरआवासीय नेपाली संघका प्रथम उपाध्यक्ष गुरुनारायण रानाभाट, समाजका प्रथम उपाध्यक्ष रामु बस्याल, धनन्जय लम्साल र लेखबहादुर कुँवरले पीडितलाई लत्ताकपडा, चप्पल, साबुनजस्ता अति आवश्यक वस्तुहरू हस्तान्तरण गरेका थिए । पीडितहरूको सबै लत्ता कपडा जलेर नष्ट भएको थियो । पीडित कामदारले लगाएको कपडाबाहेक साथमा केही छैन । समाजले कम्पनीका सुपरभाइजरको रोहवरमा हस्तान्तरण गरेका छन् ।  खान बस्नको व्यवस्था कम्पनीले नै गरिदिएको छ । पीडितले कतारमा स्थापित संघ संस्थाहरू तथा सहयोगीहरूबाट सहयोगको अपेक्षा गरेका छन् ।

रोजगारीको सिलसिलामा करिब १८ महिनाअघि कतार आएका उनीहरू च्ााडबाडको बेलामा भएको यस्तो घटनाले असाध्यै दुःखी भएको बताए । तिहारका लागि घर खर्चको लागि भनेर जोगाड गरेको नगदसहित कोठामा भएका ल्यापटप, मोबाइल, टेलिभिजनदेखि सम्पूर्ण समान गुमाएका उनीहरूले दूतावासबाट सहयोग पाएका थिए ।

प्रमुख सल्लाहकार रानाभाट लगायत उपस्थित सबैले यस दुःखद समयमा केही सान्त्वना दिँदै  दीपावलीको शुभकामना दिएका थिए । पीडित कामदारका सुपरभाइजरलाई भेटी कम्पनीबाट विशेष सहयोगको लागि अपिल गरेका थिए । यसैबीच स्याङ्जा सहयोग समाजले तिहारमा पिकनिक आयोजना गरेको छ । समाजका अध्यक्ष टुकराज अर्यालले स्याङ्जाबासीलाई चाडपर्बमा रमाइलो आयोजना गर्न पिकनिक गरिएको बताए ।

समाजले हुमसाइडमा रातभरि नाचगान गरेको थियो । कार्यक्रममा प्रमुख अतिथि गैरआवासीय नेपाली संघ कतारका कार्यबाहक अध्यक्ष गुरुनारयण रानाभाट, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष रमेश भट्ट, धनबहादुर ओली, पत्रकार महासंघ कतार शाखाका अध्यक्ष रवि रोषी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति: २०७१ आश्विन १५ ०५:३०
Today's Paper
The Kantipur in Print

FROM THE PAST 7 DAYS

ENTER / SELECT DATE


e.g. 2001-04-01 (yyyy-mm-dd)


अविन

सुपथ मूल्य भ’कोले मात्र... नत्र त यो नि बाँकी हुन्नथ्यो रे !
  हाम्रा प्रकाशनहरु :
Our Publication