राजमार्ग विस्तारको असर : बासस्थान मासिँदा बस्ती पसे अजिंगर
मेचीनगर–७ सतिघट्टा चिया बगानमा गत चैत २० मा करिव ९ फिट लामो अजिंगर देखियो । केही स्थानीयले ढुंगा हानेर मार्ने प्रयास गर्दैगर्दा संरक्षणकर्मीको एक टोली पुगेर अजिंगरको उद्धार गरी पाँचपोखरी सामुदायिक वनमा ल्याएर छोडिदिए । त्यसको चार दिनपछि मेचीनगर–४ को आमडाँगीमा ५ फिट लामो अर्को अजिंगर देखियो ।