संरक्षणकर्मीको भारतमा रहस्यमय मृत्यु/हत्याको अनुमान
'संरक्षणबारे समुदायलाई बुझाउन सक्ने एक होनाहार सहकर्मीको रहस्यमय मृत्युले कोषलाई अपुरणिय क्षती पुगेको छ' पौडेलका सहकर्मी डा.सिद्धार्थबज्र बज्राचार्यले कान्तिपुरसित भने, 'त्यस्तो लिडरशिप कमाउन वर्षौ लाग्छ ।'
काठमाडौं, फाल्गुन १० - प्रधानमन्त्रीबाट माघ २६ मा हुने राष्ट्रिय प्रकृति संरक्षण कोषको खुमलटारस्थित नवनिर्मित कार्यालयको उदघाटमा सहभागी हुने निम्ता पाएपनि जैविक विविधता संरक्षणबारे धेरै जान्ने उत्साह बोकेर उनी कार्यक्रममा सहभागी नभई २४ माघमा नै भारतको अरुणान्चल प्रदेश गएका थिए ।
अरुणान्चलमा जैविक विविधता संरक्षणसम्वन्धि सिकेका ज्ञानका कुरा आफू कार्यरत चितवन निकुञ्ज क्षेत्रका वासिन्दा र मुलुकका अन्य भागका समुदायमा पुर्याउने उद्देश्यका साथ अरुणान्चल पुगेका राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गतको 'जैविक विविधता संरक्षण केन्द्र चितवन' का प्रमुख कीर्तिनाथ पौडेलको रहस्यम मृत्यु भएपछि त्यो धोको चक्नाचुर भएको छ ।
जैविक विविधता संरक्षणसम्वन्धि झण्डै एक महिने प्राक्टिकल अध्ययनका लागि अरुणान्चल पुगेका कास्की सल्यान गाविसका स्थायी वासिन्दा पौडेलको मृत शरीर सोमवार उनको घर पोखरा पुगेको छ । 'संरक्षणसम्वन्धि ज्ञानलाई समुदायमा परिचालन गर्ने धोको बोकेर गएका संरक्षणकर्मीको रहस्यमय मृत्युले हामी मर्माहत भएका छौं' कोषका सदस्य सचिव जुद्धबहादुर गुरुङले भने ।
अमेरिकी संस्था 'फ्युचर जेनेरेशन' को छनौंटमा उनी एमएससी कोर्सको प्राक्टिल अध्ययनकालागि अरुणान्चल गएका थिए । गत शुक्रवार राति अरुणान्चलको जिरो भन्ने स्थानको ब्लु पाईन होटलमा भएको रहस्यमय मृत्युपछि कोषले एक होनाहार संरक्षणकर्मी गुमाएको छ । समुदायलाई परिचालन गरी संरक्षण र विकासका काम गर्ने क्षमता भएका सहकर्मीको एकाएक लाश आइपुग्दा कोषका कर्मचारी स्तब्ध भएका छन् ।
'संरक्षणबारे समुदायलाई बुझाउन सक्ने एक होनाहार सहकर्मीको रहस्यमय मृत्युले कोषलाई अपुरणिय क्षती पुगेको छ' पौडेलका सहकर्मी डा.सिद्धार्थबज्र बज्राचार्यले कान्तिपुरसित भने, 'त्यस्तो लिडरशिप कमाउन वर्षौ लाग्छ ।'
पौडेलले आफ्नै पहलमा फ्युचर जेनेरेशनमार्फत संरक्षणसम्वन्धि मास्टर्स कोर्स गर्ने व्यवस्था मिलाएका थिए । कोषले उनलाई अध्ययनमा जान अनुमति दिएको थियो । फ्युचर जेनेरेशनका नेपाल प्रतिनिधि ङवाङ गुरुङका अनुसार उनको त्यो कोर्स अमेरिकाको भर्जिनिया युनिभर्सिटीमा गएपछि मात्रै सकिन्थ्यो । पहिलो प्याकेज अनुसार उनी अरुणान्चल गएका थिए ।
गुरुङका अनुसार विभिन्न देशका १२ जनाले त्यो कोर्सको अवसर पाएका थिए । पौडेलले झण्डै २० वर्ष अघि रेन्जरका रुपमा कोषको अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा कार्यप्रारम्भ गरेका थिए । एक्यापको लोवाङ, घान्द्रुक र जोमसोम, एक्यापको प्रधान कार्यालय हुँदै करिब तीन वर्ष अघि उनी चितवनस्थित जैविक विविधता संरक्षण केन्द्रको प्रमुख भएका थिए ।
धम्पुस र ल्वाङको चिया खेती विकासका साथै संरक्षणमा काम गर्न आवश्यक समुह गठन गर्न तथा समुदायलाई परिचालन गरी संरक्षण र विकासका काम गर्न उनले ठूलो योगदान पुर्याएको कोषका अधिकारीहरु बताउँछन् ।
हत्याको अनुमान
मास्टर्स कोषको प्राक्टिकल अरुणान्चलमा गर्न विभिन्न देशका १२ जना छानिएका थिए । तीं मध्ये पौडेल पनि एक थिए । २५ माघदेखि ७ फागुनसम्म पौडेल पनि त्यसमा सहभागी भइरहेका थिए । सबै दिउँसो फिल्ड गएर बेलुकी होटलमा फर्किन्थे ।
टिममध्येकै साउथ अफि्रकाको गुएनाका एक साथी पौडेलका रुम पार्टनर थिए । शुक्रवार बेलुकी भोलीपल्ट जानुपर्ने फिल्डबारे सामुहिक छलफल गरी १२ बजेपछि आ आफ्नो कोठामा फर्किए । राती २ बजे पौडेलका रुम पार्टनर (गुएनाका नागरिक)ले पौडेल बाथरुमको गिजरमा स्लिपङ ब्यागको डोरी लगाएर झुण्डिरहेको अरु साथीहरुलाई बोलाएर देखाएका थिए । झुण्डिएर आत्महत्या गरेको भनिएपनि उनको हत्या भएको आशंका गरिएको छ । अरुणान्चलस्थित एक नर्सिङ होमले पोस्टमार्टम गरेपनि हत्या वा आत्महत्याबारे केही उल्लेख गरेको छैन ।













तपाईंको प्रतिकृया