प्रहरी महानिरीक्षक ठकुरी गढीमाईमा

बारा, मंसिर ९ -  बाराको बरियारपुरमा लागेको गढीमाई मेलामा मंगलबार मध्यान्ह सुरक्षा निकायका उच्च अधिकारीहरुले पूजा गरेका छन् ।

प्रहरी महानिरीक्षक रमेशचन्द्र ठकुरी लगायत जनपथ प्रहरीका उच्च अधिकारीहरुले गढीमाईको दर्शन र पुजाआजा गरेका हुन ।

उनीहरुले फिस्टेल एयरको हेलिकप्टरबाट मेलामा पुगेर गढीमाईको दर्शन गर्दै मेलाको वस्तुगत स्थितिको अवलोकन गरेका थिए ।

अधिकारीहरुले बिना अगि्रम सूचना दिई अचानक मेलामा आई पुगेको र यसरी दर्शन गरेको बाराका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतमले स्थानीय पत्रकारहरुलाई जानकारी दिए ।

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]