राजधानी-तराई द्रुतमार्गको शिल्यानास
काठमाडौ, कार्तिक २३ - बहुप्रतिक्षित काठमाडौं तराई द्रुत मार्गको सोमबार उपप्रधान तथा भौतिक योजना निर्माण मन्त्री विजय गच्छदारले शिल्यानास गरेका छन् । प्रधानमन्त्री माधवकुमार नेपालले शिल्यानास गर्ने कार्यक्रम रहेपनि उनी अस्वस्थ्यता कारण जान सकेनन ।
मकवानपुरको बुदुनेमा सम्पन्न शिल्यानास कार्यक्रममा उपप्रधान एंव परराष्ट्रमन्त्री सुजाता कोइराला, अर्थमन्त्री सुरेन्द्र पाण्डे लगायत विभिन्न मन्त्रीहरु तथा प्रधानसेनापति छत्रमानसिंह गुरुङको उपस्थिति रहेको थियो ।
काठमाडौंदेखि बाराको निजगढ सम्मको ७६ किलोमिटर उक्त सडकको ट्रयाक खोल्ने जिम्मा सरकारले सेनालाई दिएको छ । सडक निर्माणका लागि सेनाले मकवानपुरको बुदुने र ललितपुरको बगुवामा क्याम्प स्थापना गरिसकेको तथा थप चार स्थानमा क्याम्प राख्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।













तपाईंको प्रतिकृया