यसो गर्नुपर्छ एनआरएन वेल्जियमले
सहयोगी लिङ्कहरू
जेष्ठ ६ - अहिले वेल्जियममा एनआरएनको निर्वाचन गजवले नै लागेको छ । आवासीय नेपाली संघ वेल्जियमको स्थापना जुन उत्साह र उमंगका साथ गरियो । त्यसको लगभग ६ वर्षको दौरानमा यसले एउटा नयाँ फड्को मारेको छ । १७८९ सदस्य संख्या पंजिकृतभएको वेल्जियममा वसोवास गर्ने नेपालीहरू विच एनआरएन सस्था कुनै नौलो नाम भएन । वालक देखि वृद्दसम्म एनआरएनको वारेमा छलफल र वहस प्रारम्भ गर्ने अवस्थामा पुग्नुलाई यसको सकारात्मक पक्षका रूपमा लिन सकिन्छ ।
देशवाट विविध कारणले विदेशका भूमीमा स्थापित भएका वा हुन प्रयासरत नेपालीहरूले संगठित हुनु र आफ्नो र आफु वसेको समाजको उत्थान तथा आफ्नो मातृभूमी प्रति कर्तव्यवोध हुदै केही गर्न अग्रसर हुने वातारण श्रृजना गर्न एनआरएनले जुन एउटा मौका प्रदान गरिरहेको छ त्यसको प्रचुर उपयोग गर्न वेल्जियममा रहेका नेपालीहरू विच अहिले एउटा खाले प्रतिस्पर्धा नै चलेको छ भन्दा अतिसयोक्ति नहोला ।
आफ्ना वा आफ्ना समुदाय वा कुनै झुण्डका विचार वा योजनाहरू अक्षरस लागु गर्न वा गराउन समेत त्यस्ता केही सकारात्मक तथा नकारात्मक दुवै खाले प्रतिष्पर्धा खुलेयाम लागि परेका छन । जसले गर्दा आगामी दिनहरूमा गैरआवासीय नेपाली संघ वेल्जियमले लिएको साझा लक्षमा पुग्नलाई कठिनाइ हुने छ भन्ने कुरा वुझ्न जरूरी छ । एनआरएनको आगामी निर्वाचन २०११ का सन्दर्भमा यसका अवसर र चुनौतीहरूलाई समिक्षा गर्ने बेला भएको छ ।
अवसरहरू :
गैरआवासीय नेपाली संघ, वेल्जियम, यहाँ भएका सवै संघस्थाहरूको सदस्य संख्याको हिसावमा सवै भन्दा ठूलो र एकिकृत सस्था वन्न पुग्यो । यसका साधरण सदस्य मात्रै १,७८९ गत मे १८ तारिख भित्रमा निर्वाचन प्रयोजनका लागि पंजिकृत भए । यो भनेको एउटा उर्जा हो । लगभग १८ सय सदस्य भएको एनआरएन वेल्जियममा थुप्रै अवसरहरू छन् । लगभग ५००० नेपालीहरूको वसोवास भएको वेल्जियमा यतिका नेपालीहरू एनआरएनको एकल संस्थामा आवद्ध हुनुलाई सकारात्मक रूपमा लिंदै आगामी अवसरहरूको श्रृजना गर्नु आवस्यक छ नेपाल र नेपालीका हितका खातिर यो सस्थाले अव वैधानिक वाटोवाट योजनाहरू तर्जुनामा र कार्यान्वयन गराउन अग्रसर हुनु आवस्यक देखिन्छ । आगामी दिनमा सवै नेपालीहरूलाई कम्तिमा पनि एनआरएनको साधरण सदस्य हुनलाई अग्रसर गराउने कार्यक्रमहरू तर्जुमा हुनु जरूरी छ । अझै पनि वहुमत नेपालीहरू यसको सदस्यता प्रति आकर्षण गराउन सकिएको छैन त्त्यसका लागि कार्यक्रमहरू तर्जुमा हुनु जरूरी छ ।
नेपालीहरूको जनगणना:
वेल्जियममा वसोवास गर्ने नेपालीहरू के कति छन त्यसको आधिकारिक तथ्यांक न त नेपाली दुतावाससंग छ नत यहाका कुनै नेपालीसंघ सस्थासंग छन । नेपालमा अहिले ३ करोड मानिसको जनगणना भैरहेको छ भने हामी यहाँ जम्मा करिव ५००० नेपालीको जनगणनाको कुराको उठान गरिरहेका छौं । यसका लागि एनआरएनले एउटा टिम वनाएर वेल्जियममा रहेका नेपालीहरूको जनगणना गरिनु पहिलो र अनिवार्य शर्त हुन आउछ । वेल्जियमा रहेका नेपालीहरू नेपालका कुन क्षेत्रका कति छन ?, उनीहरूको उमेर समूह कुन हो ? उनीहरूको शैक्षिक योग्यता के हो ? उनीहरूको प्राविधिक ज्ञान के हो ? उनीहरूको पारिवारिक संख्या कति छ ? उनीहरू के कस्तो पेशा व्यवसायमा संलग्न छन ? कस्तो रोजगार गर्छन ? उनीहरूको औसत आय कस्तो छ ? उनीहरूको सम्पर्क माध्यम केहो आदि इत्यादी विषय वस्तुहरूको अध्ययन गरेर समाज उपयोगी तथ्यांक भएमा मात्र एनअारएनले एउटा लक्ष प्राप्त गर्न सक्छ र त्यो काम एनआरएन वेल्जियमको पहलमा मात्र हुन सक्छ र गरिनु पर्छ । नेपाली समाजमा आवस्यक पर्ने प्राविधिकहरू नेपाली समाजवाटै परिपू्र्ति गराउन , रोजगारका अवसरहरू आदान प्रदान गर्न वा नेपालीहरूको अन्य समस्याहरूका विषयमा समेत छलफल र वहस प्रारम्भ गर्न सजिलो हुन्छ । यसरी प्राप्त हुने विवरण व्यक्तिगत जीवनका वाहेक अन्यकुराहरू डिजिटल पद्दतिमा विकास गरि सर्वसुलभ हुन आवस्यक छ । सवै नेपाली यसवाट लाभान्वित हुन सक्ने छन । जनगणना विना कुनैपनि योजनाको तर्जुमा हुनै सक्दैन र यसको कार्यान्वयन पक्षले लक्ष प्राप्त गर्नै सक्दैन यो एउटा अन्तराष्टिय मान्यता हो । यसतर्फ सवै वेल्जियम वासी नेपालीहरूको ध्यान जान जरूरी छ ।
नेपाल भवन निर्माण सम्वन्धमा:
एनआरएन वेल्जियमको यस अघिको कार्यकाल नेपाली भवन निर्माणमा छलफल, वहस र यसको कार्यान्वयनमा अधिकांश समय खर्चे पनि यसले मुलवाटो पत्ता लगाउन सकेन । नेपाल र नेपालीका लागि उपयोगी हुने नेपाली कला र सस्कृतिको अन्तराष्टिय पहिचान विस्तार र अभिवृद्दि गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास लिएको नेपाल भवनको योजना र कार्यान्वयन दुवै रूपमा अधिल्लो कार्यसमितिका अदुर्दशिता र कमसल नेतृत्वको कारण सफल हुन सकेन । यसलाई नेपाल भवन भन्दा पनि यसलाइ नेपाली सामुदायिक भवनका रूपमा विकास गर्न सकिन्छ । जहाँ नेपालीहरूको घनावस्ती छ, जहाँका नेपालीहरूले आफ्ना संस्कारहरूको निरन्तरता दिनलाई उपयुक्त स्थानको अभाव छ, हाम्रा कला र सस्कृतिको प्रचार प्रसार गर्दा विदेशमा नेपाल र नेपालीको गौरव वढ्न सक्छ, जहाँ नेपालीहरूले नेपालको अनुभव गर्न पाउछन त्यसको छनौट गरेर यसको योजनालाइ अगाडि वढाउन सक्ने छ। नेपाल भवन कुनै व्यक्तिको रहर र लहडले वढ्ने र वनाइने कुनै योजना हुनै सक्दैन त्यो पनि वेल्जियम जस्तो देशमा त्यसैले, त्यसका लागि आवस्यक पर्ने जनशक्ती वा प्राविधिक सहयोगकालागि एनआरएनले एउटा गतिलो पहल गर्न सक्छ । पूँजी कसरी संकलन गर्न सकिन्छ र पूँजी संकलनका माध्यमहरू के के हुन सक्छन भन्ने तर्फ गम्भिर ध्यान जान सकेन ।त्यो गरिनु आवस्यक छ ।
नेपाल भवन (नेपाली हाउस) निर्माणका हरेक तहमा कम्तिमा पनि यसका साधरण सदस्यहरूलाइ एउटा राम्रो लगानीको अवसर वनाउन सकिन्छ, यसका सदस्यहरूलाई शेयर विक्रि वितरण गरेर लगानी भित्र्याउन सकिन्छ जसले गर्दा यसको निर्माणमा आवस्यक पर्ने पूजीको संकलन गर्न सकिन्छ । शेयरमा आव्हान गर्ने, शेयर किन वेच गर्ने वा शेयरमा लगानी गर्न चाहाने वातावरण श्रृजना गर्न सकियो भने यसको लगानीमा यसका सदस्यहरू आकर्षण हुन सक्छन् । नेपाली सामुदायिक भवनको निर्माणमा विविध विषयले उपयोग वनाउन सकिन्छ, जस्तै नेपालीहरूका लागि मनोरन्जन प्राप्त हुने भवनको निर्माण, जसमा नेपाली रेष्टुरेन्ट, वार, नेपाली कला र सस्कृतिका प्रदशन कक्ष, पुस्ताकालय कक्ष, नेपाली स्कुल, नेपाली सूचना तथा संचार गृह, वैठक कक्षहरू, नेपाली गेष्ट हाउस, कम्प्युटर कक्ष, पार्टी हल, तथा संघ सस्थाहरूका लागि भाडामा कार्यलय कक्ष उपलव्ध हुने गरि लगायतका सिंगै एउटा सामुदायिक भवनको निर्माण गर्न सकिन्छ । सेवा र सुविधाहरूका विषयमा विषयमा छलफल र वहस गरेर एउटा निचोडमा पुग्न पर्ने हुन्छ ।स्वतन्त्र र दुर विचार युक्त व्यक्तिको नेतृत्वले मात्र यो कुराको गारेन्टी अभिवृद्दी गर्न सकिन्छ।
सामुदायिक शहकारी पद्दतिको विकास:
एनआरएन वेल्जियमले यहाँ रहेका करिव पाँच हजार नेपालीहरूलाइ लक्षित गरेर सामुदायिक सहकारी पद्दतिको विकास र विस्तार गरेर नेपाल र नेपाली समुदायको हितमा कार्य गर्न सक्दछ । सामुदायिक सहकारी कसरी स्थापना गर्न सकिन्छ यसका गठनका प्रकृयाहरू के के हुनसक्छन यसका सदस्यहरूले कसरी यसवाट फाइदा लिन सक्छन र नेपाली समुदायमा के कस्ता सकारात्मक प्रभाव पर्न सक्छन भन्ने विषयमा छलफल गर्न सकिन्छ वहस चलाउन सकिन्छ । हाम्रो समुदायको विकास गर्न यो राम्रो माध्यम वनाउन सकिन्छ । वेल्जियका नेपाली समुदायमा अहिले व्यापक मात्रमा चलेको ढुकुटी प्रथा जुन आफैमा जोखिम पूर्ण छ ।सामुदायिक उपयोगी वनाउन सकिन्छ । वेल्जियमको विद्यमान कानूनले यस्ता सामुदायिक सहकारीको स्थापना र विकास गर्नलाइ प्रसस्त वाटाहरू खुलाएका छन । एनआरएनले ल्याउन सक्ने यो सामुदायिक सहकारीको विकासवाट यसका सदस्यहरूले सस्तो र सुलभ दरमा ऋण प्राप्त गर्ने अवसर तथा लगानी गर्ने पनि तुलनात्मक रूपमा वढी व्याज प्राप्त गर्ने अवसर प्राप्त हुन सक्छ भने ढुकुटीमा जस्तो कुनै पनि समस्याको समाधान गर्नु पर्ने छैन । यस तर्फ एनआरएन वेल्जियमको गम्भिर ध्यानकार्षण हुन जरूरी छ नत्र यसका नकारात्मक असरहरू निकट भविष्यमा देखिने छन ।
दुतावास र नेपाली विच सम्वन्ध सुधारमा:
एनआरएन वेल्जियमका सदस्यहरू वा गैरसदस्यहरू र नेपाली दुतावास तथा वेल्जियमको नेपालस्थित कन्सुलेटका विचमा अझै पनि सम्वन्ध सुमधुर वन्न सकिरहेको छैन । नेपालीहरूले अहिले पनि राजदुतावास नेपालीहरूकै लागि स्थापना गरिएको हो भन्ने महशुष गर्न पाएका छैनन । ब्रसेल्सस्थित दुतावासमा नेपाली नागरिकले सामान्य कुनै फोटो कपीको सुविधासम्म सुविधा पाएका छैन । दुतावासका कर्मचारी वा राजदुतसम्म सिधै भेटधाट गर्न अझै पनि समस्या छन । नेपाली समुदायमा विभिन्न भाषामा पोख्त नेपालीहरू हुदाँ हुदै पनि अहिले सम्म दुतावासमा नेपाली भाषा नवुझ्ने कर्मचारी राखिएको छ जसले गर्दा भाषामा समस्या भएका नेपालीहरूले झनै समस्या वेहोरी रहेका छन यसलाइ सुधार गर्न एनआरएनले पहिले गर्न सक्छ । एनआरएनको पहलमा नेपालीका लागि विशेष व्यवस्था मिलाउन सक्छ । नेपालीका कागजातहरू प्रमाणित गर्न वा फोटो कपी गर्न समेत परेको समस्याको सामाधानका लागि एनआरएनले गतिलो पहल गर्न सक्छ । नेपाली दुतावासमा सम्पर्क हुने नेपालीहरू एनआरएको माध्यम भएर मात्र कार्यहरू सम्पादन गराउने वातावरण वन्यो भने अहिले जस्तो सदस्य वनाउन खर्चिनु परेको विकृती रहिरहने छैन र नेपालीहरू एनआरएनमा सदस्यका लागि आफै अग्रसर हुने छन ।
त्यसैगरी नेपाल स्थित वेल्जियमको कन्सुलेट तथा दुतावासवाट नेपालीहरू प्रति गरिने व्यवहार निन्दनीय र क्षोभ युक्त छन जुन हरेक नेपालीले मनन गरेका छन । यसका लागि आवस्यक दवाव दिइ नेपालीहरूका लागि कन्सुलेट सेवा सरल र सुलभ वनाउन एनआरएनले वेल्जियम सरकारको सम्वन्धित निकायसंग गम्भिर छलफल गर्न पहल हुनु आवस्यक छ ।
एनआरएन वेल्जियम र एनआरएन केन्द्रीय समिति विच सहकार्य:
गैरआवासीय नेपाली संघ वेल्जियम र अन्तराष्टिय परिषद मिलेर नेपालमा सामुहिक लगानीका लागि श्रोतको परिचालनमा अग्रसर देखाउनु पर्छ । माथी उल्लेख गरिएको जस्तै सामुदायिक भवन निर्माण र सामुदायिक सहकारिताका माध्यमवाट नेपालमा सामुहिक लगानीको लागि वेल्जियमा रहेका व्यवसायी तथा नेपालीहरू सदस्यहरू विच उत्प्रेरणाको भूमिका निर्वाह गर्न सक्दछ । वेल्जियममा रहेका नेपाली समुदाय र नेपालमा उत्पादन र रोजगार मुलक क्षेत्रमा लगानी गर्न का लागि स्ष्रष्ट कार्यादिशा तयार गर्दै केन्द्रले निर्धारण गरेको प्राथमिकता अनुरूपका परियोजनाहरूमा नेतृत्वको भूमिका निर्वाह गर्न सक्दछ । करिव २ हजारको हाराहारीमा रहेको साधरण सदस्यहरूलाइ मासिक रूपमा यस कार्यमा लाग्न अभिप्ररणामात्रै गर्न सकियो भने पनि अनुमान गरैा ५ युरो प्रति महिनाका दरले रकम जम्मा गर्न सकियो भने पनि दुइ वर्षमा हामीले करिव २ करोड चालिस लाख नेपाली रकम सजिलै जम्मा गर्न सकिन्छ । यो रकम केन्द्रसंग मिलेर लगानी गर्नका लागि प्रयाप्त रकम हुन सक्दछ यसका लागि समितिले पहल गर्नु पर्छ ।
सहमति, सहकार्य र सहअस्तित्वको विकास:
वेल्जियमा रहेका करिव ५२ नेपाली संघ सस्थाहरू, करिव १०० को हारहारीमा रहेका नेपाली उद्यमी व्यवसायीहरू, संचारकर्मी, स्वतन्त्र नागरिक तथा नेपाल प्रति सद्भाव राख्ने वेल्जियम स्थित विभिन्न निकायहरूको विचमा एनआरएनले एउटा सहमति कायम राख्दै सहकार्य गर्न सक्दछ । यहा रहेका करिव १०० व्यवसायीहरूसंग मात्र सहकार्य गर्न सकियो भने हरेक महिना हाम्रा नेपाली व्यवसायीहरूले वेल्जियममा प्रतिष्पर्धा गर्न सक्ने व्यवसाय संचालन गर्न सक्दछन । उदाहरणका लाग एनआरएनले अभिभावकत्व दिने हो भने हरेक नेपाली व्यवसायीहरू मध्ये १०० जनाले हरेक महिना १ हजारको दरले रकम गरेर फण्ड तयार गर्ने हो भने हरेक महिना लाख युरोको नयाँ व्यवसाय थप श्रृजना गर्न सक्छन् यो नेपाल र नेपालीहरूका लागि उज्वल पक्ष हुन सक्छ । वेल्जियमा विद्यमान रहेका नेपाली संघसस्थाहरूको विचमा आपसी सन्वन्ध सुधारका लागि एउटा छुट्टै संयन्त्र निर्माण गरेर सहकार्य र सहअस्तित्वका स्विकारका कार्यहरू गर्न सकिन्छ । जसले गर्दा एनआरएनले लिएका साझा लक्षहरूमा सफलता प्राप्त गर्न थप सरलिकरण हुने छन ।
विना कागजवालाहरूका सम्वन्धमा:
एनआरएनले वेल्जियममा गैरकानूनीरूपमा वस्न वाध्यभएका वा वनाइएका नेपालीहरू विच आपसी सम्वन्ध सुधार गरि उनीहरूको विदेशको वसाइ सरल सहज वनाउन उपयुक्त माध्यम वन्न सक्छ । उनीहरूलाई डिपोर्ट हुन वाट रोक्न कानूनी लडाइ लड्न सक्छ । उनीहरूको लागि रोजगारी खोजिदिन सक्छ । उनीहरूको व्यवस्थित वसाइ नहुन्जेल सामुदायिक जमानीमा आर्थिक सहयोग पनि गर्न सक्छ । वेल्जियम नै छोडेर अन्यन्त्र जानु पर्ने स्थिति श्रृजना भएको अवस्थामा समेत उपयुक्त मापदण्ड निर्धारण गरेर सहयोग गर्न सक्छ ।
नेपाली विद्यालय संचालन गर्न सकिन्छ:
वेल्जियममा नेपाली समाज अहिले करिव करिव अल्पसंख्यक समुदायमा परिसकेको अवस्था छ । अल्पसंख्यक समुदायमा रहेको नेपाली समाजले यहाका स्थानीय निकायवाट अनुदानहरू प्राप्त गर्ने अधिकार रहन्छन ।त्यस्ता अनुदानहरू लिएर हामीले हाम्रा समुदायका वालवालिकाहरूका लागि नेपाली स्कुल संचालन गर्न सकिन्छ जसवाट हामीले हाम्रै प्रशासनमा हाम्रा समुदायका व्यक्तिहरूलाइ रोजगारी दिन तथा हाम्रै भाषामा नेपाली विद्यालय संचालन गर्न सकिन्छ । जस्तो हामीले देखेका छौं । मुस्लिम समुदायले आफ्नै स्कुलहरू संचालन गरेका छन , त्यस्तै गरि व्राजिलियनहरूको आफ्नै स्कुल छ , पोलाण्डहरूको आफ्नै स्कुल संचालनमा छन अन्त्रोपेनमा , यहुदहरूको आफ्नै विद्यालय छन अन्त्रोपेनमा उनीहरूको आफ्नै समय तालिका छन आफ्नै पाठ्यक्रम संचालनमा छन ।जसले गर्दा हामीले नेपाल र नेपाली भनेर गर्व गर्न सक्ने अवस्थाको श्रृजना हुन सक्छ ।
सदस्यता वितरणमा देखिएको अनिमियताको अन्त्य :
एनआरएनमा अहिले देखिको सदस्यता वितरण प्रणाली तुरून्तै खारेज गरिनु पर्छ । सदस्य वन्दा वुझाइने शुल्क विना उद्देश्य जुन जम्मा गरिएको छ र त्यसवाट जम्मा भएको रकम भोज भतेर अन्य अनुत्पादक क्षेत्रमा खर्च गरिएको छ त्यसको सम्वन्धमा पारदर्शी फरफराक हुनु पर्छ र गरिनु पर्छ । सदस्य वनाइएका हरूलाइ एनआरएनको अभियानका सम्वन्धमा ज्ञानको अभाव छ । मुठाका मुठा सदस्य कुनै अमूक व्यक्तिले वा सस्थाले पैसा हालेर वनाइएका सदस्यहरूवाट हाम्रो साझा लक्ष प्राप्त हुनै सक्दैन यो सवैलाइ चेतना भया ।सदस्य वने पछि उनीहरूको अभिलेख डिजिटल हुनु अावस्यक छ । उनीहरूले तिरेको १२ युरो र १७ युरोको उपयोग कुन स्थानमा खर्च भो भन्ने कुराको जानकारी सवैले पाउने वातावरण श्रृजना गर्न सस्थाको वेवसाइटमा पार्दशी तवरवाट अपडेट हुनु पर्छ । सदस्य वन्न घर घर जाने परिपाटी वन्द गरि सदस्य वन्नलाइ मानिसहरूलाइ आकर्षण वढाउने विविध कार्यक्रमहरू ल्याउनु पर्छ ।राजनैतिक रूपमा उत्प्रेरणा गराउनु भन्दा सामाजिक र सामुदायिक भावनावाट यसका सदस्यहरूलाइ उन्मुख गराउनु अावस्यक छ यसका सदस्यहरूलाइ । प्रवासमा वस्ने नेपालीहरूको राजनैतिक दल भनेको नेपाली हुनु पर्छ र प्रवासमा वस्ने नेपालीहरूको जात भनेको पनि नेपाली नै हुनु पर्छ भन्ने भावनावाट जव सम्म कुनै पनि गतिविधि अगाडि वढाउन सकिन्न तवसम्म हामीले लिएका साझा लक्षमा पुग्न कठिन छ ।
सस्थाको स्थायी कार्यलय सम्वन्धमा:
एनआरएन वेल्जियमको अहिले सम्म दुइ कार्यकाल समाप्त भैसकको छ । यसका सदस्यहरूले हरेक कार्यकालमा १० युरो र १५ युरोका दरले सदस्य वन्न रकम तिरिरहेका छन । सस्थासंग प्रयाप्त वजेट छ तर त्यो वजेट कहा खर्च हुन्छ कुनै नेपालीलाइ थाहा छैन । सस्थाको जनसख्याको घनत्व हेरेर यसका सदस्यलाइ पाएक पर्ने स्थानमा यसको सम्पर्क कार्यलय हुन जरूरी छ , अहिले छ भनिएको कार्यलय कुनै पनि एक कारणवाट पनि उपयुक्त स्थानमा छदै छैन र यस्तो कार्यलयवाट हामीले केही अपेक्षा गर्न सक्दैनैा ।हामीले निर्माण गर्ने सामुदायिक भवनमा एनआरएनको स्थायी कार्यलय वनाउन सकिन्छ ।
नेपालको पर्यटन विकसमा सहयोग:
गैरआवासीय संघ वेल्जियमले साच्चै नै परिवर्तनका लागि काम गर्ने हो भने हामीले हाम्रो सामुदायिक भवनको परिकल्पना अनुरूप नेपालका कला सस्कृतिको वेल्जियममा प्रचार प्रसार गर्ने उपयुक्त माध्यम वन्न सक्दछ , यहाका ठूला पर्यटन गृहहरूमा नेपाल डेस्टिनेसन सम्वन्धि अवधारणाहरू प्रस्तुत गरेर उनीहरूको वार्षिक तालिकामा नेपाल भ्रमणलाइ पार्न सकिन्छ । जसले गर्दा वेल्जियन हरूलाइ नेपालको नेपालमा अाकर्षण गर्न सकिन्छ । यसका लागि सिंगो एनआरएन लाग्न सक्छ । नेपालमा भित्राइने पर्यटनवाट प्रत्यक्ष वा परोक्ष फाइदा हामी नेपाली हरूलाइ नै हुन्छ भन्ने कुरा त एनआरएन वेल्जियमले महुशष गरेकै हुनुपर्छ ।
यसका अलवा गैरआवासीय नेपाली संघ वेल्जियमले आफ्नो सस्थाको सस्थागत विकास गर्दै नेपाली संघ सस्थाको छाता सस्थाको रूपमा सम्वन्ध विस्तार गर्दै नेपाल र नेपालीहरूका हितमा कार्यहरू गर्न सक्दछ ।
माथी उल्लेख गरिएका सम्भाव्यता तथा अनिवार्यता योजनाहरूको कार्यान्वयन गर्न र गराउन वुँदागत रूपमा निम्न चुनौतीहरू छन ।
सदस्यता वितरण प्रकृयालाइ राजनैतिक गरिनु
एनआरएनको निर्वाचनलाइ प्रवासमा भएका नेपालीहरूले राजनैतिक दलको भातृसस्थाको प्रतिष्ठाको विषय वनाइनु
निर्वाचनमा जातजातीको नारा लिएर असक्षम र अदक्ष व्यक्तिहरू सस्थाको नेतृत्व पुग्न वा पुराइनु
योजनाहरूको तर्जुमा गर्नलाइ शिक्षित र योग्य व्यक्तिहरूको अधिवेशनमा कम सक्रियता देखिनु
योजना कार्यान्वयन गराउन योग्य र दक्ष जनशक्तिको कमी
अधिवेशनमा अगाडि देखिएका व्यक्तिहरू स्थानीय भाषा र स्थानीय नियम कानूनमा अनविज्ञ हुन
राजनैतिक रूपमा वा राजनैतिक दलका नेताहरूको चाकडी र स्वागतमा एनअारएनलाइ प्रयोग भैरकेको र हुन नदिन गम्भिर पहल गर्नु पर्ने ।
सस्थाको गतिविधि चुस्त र दुरूस्त पारदर्शी वनाउन सस्थाको प्रकासन गर्न समेत प्राविधिकहरूको उत्साहमा कमि
नेपाली दुतावास र नेपाली हरू विचको सम्वन्ध सुधारमा अडान कायम राख्न सक्ने क्षमता भएको समितिको निर्माण नहुनु ।
नेपालीले अाफ्नो परिवार वा परिवारका सदस्यहरू वेल्जियम ल्याउदा पाएका कठिनाइहरूका विरूद्द् लड्नलाइ सशक्त टोली वनाउनु र तर्क संगत लडाइ लड्नु अावस्यक छ ।
नेपालीहरूको जनसख्या विवरण संकलन कार्य सहज भए पनि गोप्यताका कारण विश्वास जित्न कठिन छ ।
व्यवसायीहरूलाइ नेतृत्व र संरक्षण दिने कुरामा विश्वासिलो वातावरण श्रृजना हुनु कठिन छ
नेपाली सामुदायिक भवन निर्माण गर्ने कुरामा प्राविधिक कठिनाइको सामाधान गर्न जनशक्तिको कमजोरी हुन सक्छ , शेयर कारोवारसम्वन्धि जानकारी भएका व्यक्ति को अभाव हुन सक्छ ।
सामुदायिक सहकारीको भावनालाइ वुझाउन र यस अनुरूप कार्य गर्नलाइ समितिले स्थानीय राज्य सरकारसंग सहमति र सहकार्य गर्न समितिमा अाउने मानिसको भाषा र योग्यताले भेट्दैनकि
नेपाली विद्यालय संचालन गर्न र अल्पसंख्यक समुदायका रूपमा अनुदान लिनका लागि चाल्नु पर्नेका वारेमा नयाँ वन्ने समितिलाइ ज्ञान नहुन सक्दछ।
प्रवासमा हामीले हाम्रो राजनैतिक दल नेपाली र हाम्रो जात नेपाली भन्ने भावना विकास गराउन सक्नु पर्छ । त्यसो भो भने मात्र हामीले लिएको साझा लक्ष पुरा हुन सक्दछ ।
आशा गरौं आगामी एनआरएनको कार्यसमिति यीनै भावना र योजनाहरूको कार्यन्वयन गर्दै नेपाल र नेपालीका हितका लागि कार्य गर्न सफल हुने छ । हामीले प्रवासमा नेपाल र नेपाली भनेर गर्व गर्ने वातावरणको श्रृजना हुने छ ।
प्रकाशित मिति: २०६८ जेष्ठ ६ ०७:४५









तपाईंको प्रतिकृया