कार्यतालिका परिवर्तन गर्न तीन दल सहमत

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, माघ १४ - नयाँ संविधान निर्माणमा देखा परेका विवादित विषय टुंगोमा पुर्‍याउन सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । सभामुख सुवास नेवाङ र संवैधानिक समितिका सभापति नीलाम्बर आचार्यको उपस्थितिमा बसेको बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल र एमाले वरिष्ट नेता माधवकुमार नेपाल सहभागी थिए । शासकीय स्वरुप लगायत ४ विषयमा सहमति जुट्न नसकेकाले कार्यतालिका परिवर्तन गर्न तीनै दल सहमत भएको एमाले वरिष्ट नेता माधव नेपालले बताए । संवैधानिक समितिले निर्धारण गरेको विवाद समाधानको समयावधी आइतबार समाप्त हुँदै छ ।

 

प्रकाशित मिति: २०६८ माघ १४ ०५:४८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।