‘जनसत्ताको कामलाई वैधानिकता दिने निर्णय फिर्ता नभए सरका ढाल्छौं’
दाङ, माघ १४ - नेकपा एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीले माओवादी जनसत्ताको कामलाई वैधानिकता दिने निर्णय फिर्ता नभए वर्तमान सरकार ढाल्ने चेतावनी दिएका छन् ।
कार्यकर्ता सम्बोधन गर्न दाङ आएका नेता ओलीले लमहीमा आयोजित कार्यक्रममा जनसत्ताले गरेका निर्णय लागू गर्ने सरकारी निर्यण जनघाती भएको दाबी गर्दै जनघाती सरकारलाई शासन गर्न नदिइने बताए । उनले अबको सरकारको नेतृत्व आफूले गर्न सक्नेसमेत दाबी गरे । जनताले चाहे आफू प्रधानमन्त्री बन्न तयार भएको र प्रधानमन्त्रीको जिम्मेवारी सफलता पूर्वक समाहल्ने समते बताए । अब सकेसम्म सहमतिको सरकार बनाउन प्रयास गर्नु पर्ने नेता ओलीको भनाइ छ ।
प्रकाशित मिति: २०६८ माघ १४ ०४:५०










तपाईंको प्रतिकृया