'माओवादीको बखेडाले संविधानमा ढिलाइ'

(0 Votes)
लक्ष्मी साह

prakasman sing

निजगढ, माघ १४ - काँग्रेस महामंत्री प्रकाशमान सिंहले माओवादीले विभिन्न बहानामा अनावश्यक बखेडा झिकेको कारण संविधान लेखन र शान्ति स्थापनामा ढिलाइ भइरहेको आरोप लगाएका छन् । नेपाल तामाङ संघ बाराले सोनाम ल्होछार पर्वको अवसरमा पथलैयामा आयोजना गरेको साँस्कृतिक कार्यक्रमलाई शनिवार सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

काँग्रेस संसदीय दलका उप नेता समेत रहेका महामन्त्री सिंहले माओवादी भित्र देखिएको नेताहरुबीचको अन्तरद्वन्द्व र द्वैध लाइनकै कारण संविधान लेखन र शान्ति प्रक्रिया टुंगो लाग्न नसकेको बताए । 'माओवादी लडाकुहरुको पद निर्धारण लगायतका विषयमा पार्टीहरु बीच मिलिसकेको कुरामा माओवादी नेताले नै खुट्टा कमाएर सहमति भइसकेको विषयमा फेरि छलफल गर्नुपर्छ भनेर बखेडा झिक्न थालेपछि संविधान लेखन र शान्ति प्रक्रिया अघि बढेको छैन्' उनले भने, 'दस वर्षे द्वन्द्वको बेला माओवादीले जबर्जस्ती कब्जा गरेको जग्गालाई सरकारले वैधता दिनु अख्तियार दुरुपयोग, गैर संवैधानिक र सहमति बिपरित कार्य हो ।'

माआवादीकै नेतृत्वमा रहेका संवैधानिक विवाद उप समितिका अध्यक्ष पुष्पकमल दाहाल र सरकारका नेतृत्व गरिरहेका त्यसै पार्टीका प्रधानमंत्री बाबुराम भट्टराईले बखेडा भिक्न थालेपछि ढिलाई भएको उनले आरोप लगाए । माओवादी सेनाको स्वेच्छिक अवकाश सहित त्यसको व्यवस्थापन सरकारले गर्न नसकेको उनको भनाइ थियो ।

प्रकाशित मिति: २०६८ माघ १४ ०४:३८

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।