विवादित विषय टुंगो लगाउन प्रमुख दल सहमत

(2 Votes)
फणिन्द्र दाहाल

dwanda-ko-khat ara

काठमाडौ, माघ १४ - नयाँ संविधानका विवादित विषयमा आइतबारसम्ममा टुंगो लगाउन प्रमुखदल सहमत भएका छन् । सभामुख सुवास नेवाङ र संवैधानिक समितिका सभापति नीलाम्बर अचार्यको उपस्थितिमा शनिबार बसेको बैठकमा यो सहमति भएको हो । माओवादी, काँग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरू छलफलमा थिए । संवैधानिक समितिले निर्धारण गरेको विवाद समाधानको समयावधी आइतबार समाप्त हुादै छ । तोकिएको समयमा विवादित विषय टुंगोमा नपुगे संविधानसभाको बहुमतका आधारमा समाधान खोज्नुपर्ने प्रावधान छ ।

बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने, 'आजै ५ बजे हामी प्रमुख तीनदलको बैठकमा बस्छौं, त्यसबाट समस्या समाधान निस्कन्छ ।' दाहालले आइतबार बिहान बस्ने विवाद समाधान समितिको बैठकमा विवादित विषय टुँगोमा पुग्ने पनि बताए । समाधान भइसकेका कतिपय विषय पनि अध्यक्ष दाहालको अनुपस्थितिमा माओवादीकै कारण विवादित बनेका थिए । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले शान्ति प्रक्रिया अघि बढाउन नचाहेको बताए । शान्ति प्रक्रिया अघि बढे संविधान निर्माण सहज हुने उनको धारण थियो । एमालेका वरिष्ट नेता माधव कुमार नेपालले बहुमतका आधारमा संविधानको पहिलो मस्यौदा बनाउने पक्षमा एमाले नरहेको बताए । उनले भने, 'यसले समस्या समाधान गर्दैन ।'

संविधान समितिका सभापति नीलाम्बर आचार्यको संयोजकत्वमा अहिले संविधानसभामा प्रतिनिधित्व गर्ने ३३ दलका प्रतिनिधको बैठकमा बसिरहेको छ ।

 

 

प्रकाशित मिति: २०६८ माघ १४ ०४:११

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।