‘जनसत्ता’वैधानिकता निर्णय फिर्ता लेऊः कोइराला

(0 Votes)
sushil_koirala

दाङ (तुलसीपुर), माघ १४ - कांग्रेस सभापति सुशील कोइरालाले द्वन्द्वकालमा ‘जनसत्ता’ले कब्जा गरेको घरजग्गालाई वैधानिकता दिने माओवादी नेतृत्वको सरकारले गरेको निर्णय तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।

कांग्रेस क्षेत्र नं १ का तत्कालीन क्षेत्रीय सभापति स्वर्गीय नारायण चौधरीको दाङको मौरीघाटमा निर्माण गरिएको सालिक अनावरण गर्न दाङ आएका कोइरालासँग प्रेस युनियन दाङले मौरीघाटमा आज गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

सरकारले आफ्नो निर्णय फिर्ता नलिएसम्म संसद अवरुद्ध जारी नै राख्ने बताउँदै उनले भने, ‘शान्ति प्रक्रियाले गति लिइरहेको थियो तर द्वन्द्वकालमा जबर्जस्ती गरिएका निर्णयलाई  वैधानिकता दिने कुराले शान्ति प्रक्रियामा बाधा पुर्‍याएको छ ।’

यसैबीच, कांग्रेसका तत्कालीन क्षेत्रीय सभापति स्वर्गीय चौधरीको आज दिउँसो सालिक अनावरण तथा विशाल सभाको उदघाटन कार्यक्रम रहेको नेपाली कांग्रेस दाङले जनाएको छ ।

प्रकाशित मिति: २०६८ माघ १४ ११:४२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।