छोराको शब पखाईमा बाबुको मृत्यु
सहयोगी लिङ्कहरू
काठमाडौ, माघ १४ - दसैंको मुखमा गुल्मीका ८० वर्षीय वेणिमाधव पन्तले छोराको साउदी अरबमा मृत्यु भएको खबर पाए । खबर आधिकारिक हो/होइन भन्दैमा केही दिन अन्योलमै बित्यो । दसैं मनाएनन् ।
तर नियमित रूपमा आइरहने छोराको फोन आउन छाडेपछि खबर पुष्टि भयो । उनका ४२ वर्षीय छोरा कमलप्रसाद साउदीमा काम गर्न थालेको दुई वर्ष बितेको थियो ।
साउदीको नाइरियामा एक्लै उूटको हेवचार गर्दै आएका कमलप्रसादले २८ सेप्टेम्बरमा 'आत्महत्या' गरेको मेडिकल रिपोर्टमा उल्लेख छ । बुढेसकालमा छोराको मृत्युले निकै आघात परेका बाबु वेणिमाधव काठमाडौंमा भएका आफन्तजनमार्फत छिटोभन्दा छिटो शव ल्याउने प्रयासमा जुटे । आफन्तले सकेसम्म साउदीस्थित नेपाली दूतावासमा सम्पर्क ग शव पठाइदिन आग्रह गरिरहे ।
मरेको मानिसको पनि भिसा लगाउनुपर्ने साउदीबाट हत्तपत्त शव आइहाल्दैन । गुल्मी बलेटोम्सार-८ का यी वृद्धको छोराको शव पर्खाइको पीडा सहन नसकेर ज्यान गयो । 'बुबा दाइको शव नआएप्रति निकै चिन्तित भइराख्नुभएको थियो,' भाइ विश्वले कान्तिपुरलाई भने, 'समयमै शव नआइदिूदा बुबाको ज्यान गयो ।'
'दाइ जानुभएको पीडा छूदै छ, झन् त्योमाथि बुबा पनि गइदिनुभयो,' विश्वले भने, 'यस्तो पीडा सहन निकै गाह्रो हुूदोरहेछ ।' भर्खरै बाबुको काजक्रिया सकेर बसेको यो परिवारले अझै कमलको शव पाउन सकेको छैन । उनीहरू शव आउने प्रक्रियाबारे अझै बेखबर छन् । 'दाइ के गर्नुहुन्थ्यो, साउदीको कुन ठाउूमा बस्नुहुन्थ्यो ? केही थाहा थिएन,' विश्वले भने, 'भाउजूसूग हप्तामा एकपटक कुरा भइराख्थ्यो । त्यतिखेर कामको सोधपुुछभन्दा बढी सन्चोबिसन्चोबारे कुराकानी हुन्थ्यो ।'
दलालमार्फत भारतीय बाटो हुँदै साउदी गएकाले नेपालमा समात्ने निकाय बलियो नहुँदा शव ल्याउन झन् समस्या परेको उनले बताए । साउदीस्थित नेपाली राजदूत उदयराज पाण्डेले स्पोन्सर गैजम्मेवार भइदिूदा समयमै शव पठाउन नसकिएको बताए । 'आफैंले ठूलो खर्च गरेर कामदार झिकाएको र उल्टै आत्महत्या गरेकाले शव आफ्नो लागतमा नपठाउने,' अडानमा स्पोन्सर बसेको उनले बताए । 'यहाँको स्थानीय प्रह लगाएपछि स्पोन्सर बल्ल शव पठाउन राजी भयो । गत मंगलबारमात्रै हामीले शव पठाउन स्वीकृत दियौं,' राजदूत पाण्डेले भने, 'अब १०/१५ दिनमा नेपाल पुग्छ ।'
एक लाख रुपैयाँ खर्चेर साउदी गएका कमलका दुई साना सन्तान छन् । 'आत्महत्या' भएकाले उनले मासिक तलबबाहेक बिमा पाउने छैनन् । मजरा, कृषि र घरेलु कामदारले साउदीको गेसोमार्फत पाउने बिमा समेत नपाउने व्यवस्था छ । पन्तले तलबबापत पाउने २६ सय रियाल भने दूतावासमा जम्मा भइसकेको छ ।
प्रकाशित मिति: २०६८ माघ १४ ०१:००









तपाईंको प्रतिकृया