माओवादी बखेडाले समस्याः खनाल
सहयोगी लिङ्कहरू
दाङ, माघ १४ - एमालेका अध्यक्ष झलनाथ खनालले माओवादी बिद्रोह र शान्तिको बाटोमा एकैसाथ हिडेकाले शान्ति प्रक्रिया अबरुद्ध भएको बताएका छन् । 'माओवादीले दुईवटा डुङ्गामा खुट्टा टेकेर यात्रा गर्न खोजेको छ,' एमाले राप्ती अञ्चल स्तरिय प्रशिक्षणमा भने,'यसले राष्ट्रलाई नै असफल बाटोमा लगेको छ ।'
खनालले ठूलो परिवर्तनबाट प्राप्त उपलव्धीको रक्षाका लागि थपिएको समयभित्र शान्ति र संविधानको टुंगो लगाउन आवश्यक रहेको बताए । बर्तमान संक्रमणलाई जति छिटो अन्त्य गर्न माओवादी इमान्द हुनुपर्ने उनले बताए । एउटा युग समाप्त भएर अर्को युगमा प्रवेश गर्न लागेको बेला केही भ्रमहरु रहनु स्वभाविक भए पनि यसलाई लम्ब्याउन नहुने धारणा उनले व्यक्त गरे । 'संविधानसभाको ठूलो पार्टी र सरकारको नेतृत्व पनि माओवादीले नै गरेकाले माओवादी जति छिटो जिम्मेवार बन्छ त्यति नै छिटो शान्ति र संविधानले पूर्णता पाउँछ,' उनले भने,'सरकारले जति सक्यो छिटो अवकासमा जाने लडाकुलाई बिदाई गर्नुपर्छ ।'
बरिष्ठ नेता केपि ओलीले संविधानसभामा तेस्रो हुनुमा एमालेको कमजोरीका साथसाथै माओवादी बर्खे भेल जस्तै हुनु पनि कारण रहेको बताए । शान्ति र संविधानका सवालमा एमाले इमान्दार रहेको दावी गर्दै उनले जेठ १४ भित्र यी प्रक्रिया पुरा नभए देश गम्भीर संकटमा पर्ने चेतावनी दिए । 'यसको जिम्मेवारी माओवादीले नै लिनुपर्छ,' उनले भने,'अब माओवादी इमान्दार हुनेबित्तिकै सबै काम सम्पन्न हुन्छ ।'
प्रकाशित मिति: २०६८ माघ १४ १२:००









तपाईंको प्रतिकृया