चार नेपाली भारतमा बन्धक

(0 Votes)
कमल पन्थी

गुलरिया, माघ १४ - भारतीय वन सुरक्षाकर्मीको सहयोगमा स्थानीयले सीमापार सामान खरिद गर्न गएका चार नेपालीलाई भारतीय सीमा बलले गाउँमै बन्धक बनाएको छ ।

स्थानीय जमुनी गाविस ८ डाँफेका मानबहादुर बुढा, पूर्णबहादुर कार्की र भरत तेम्जुङ राईलाई शुक्रबार भारतीयले बन्धक बनाइराखेको प्रहरीले जनाए । अर्का एक नाम नखुलेका डाँफेका नेपाली नागरिक भारतीय जंगलमा घाँस काट्दै गरेका अवस्थामा समातेर लगेको प्रहरी उपरीक्षक रामकृपाल शाहले बताए ।

भारतीय वनरक्षकले नेपाली भूमि अतिक्रमण गर्दै सीमामा डोजर लगाई खाडल बनाउँदै गरेकोमा डाँफेका युवाले विरोध गरेका थिए । त्यस क्रममा द्विपक्षीय कुटाकुट भएपछि प्रतिरोधमा भारतीय नागरिकले बलै गाउँमा उनीहरूलाई बन्धक बनाएका हुन् । कुटाइबाट नेपाली र भारतीय ९ जना सामान्य घाइते भए । उनीहरूले कुटपिटमा संलग्नलाई नबुझाएसम्म नछाड्ने बताएका छन् ।

बिहानैदेखि नेपाल-भारत सीमामा आउजाउ गर्न भारतीयले रोक लगाएको छ । भारतसँग जोडिएका पूर्वी नाका तनावग्रस्त छ । तनावका कारण इलाका प्रहरी मैनापोखर र जमुनीबाट सशस्त्र प्रहरी भारतमा बन्धक बनाइएकालाई छाड्न समकक्षी भारतीय अधिकारीसँग वार्ता गर्न गएका छन् ।

गत फागुन ५ गते भारतीय सुरक्षाकर्मीले चोरी सिकार गरेको आरोपमा जमुनीका हर्कबहादुर शाहीलाई नेपाली भूमिबाट बेपत्ता बनाएका थिए । अहिलेसम्म उनको अवस्था अज्ञात छ । भारतीय सुरक्षाकर्मीले शाहीलाई मारेको आशंका स्थानीयले गरेका छन् । यसको पुस्ट्याइँ भने नेपाली अधिकारीले गर्न सकेका छैनन् ।

 

प्रकाशित मिति: २०६८ माघ १४ १२:००

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।