पर्यटनमन्त्रीले पूर्व अर्थमन्त्रीलाई हप्काए

(3 Votes)
कान्तिपुर संवाददाता

२३

lokendra bista
पर्यटनमन्त्री लोकेन्द्र बिष्ट

काठमाडौ, माघ १३ - जहाज ल्याउने प्रक्रियाका सम्बन्धमा सार्वजनिक बिहीबार बिहान ९ बजे लेखा समितिमा छलफल थियो । साढे ९ बजेतिर पर्यटन मन्त्रालय र निगम व्यवस्थापनका अधिकारी उपस्थित भए । समितिका सभापतिसहित ७/८ सदस्य समितिको हलमा थिए ।

एमाले सभासद् तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कुरा निकाले 'हाम्रो नागरिक उड्डयन त सुड्डयन हुने भयो जस्तो छ ।' उनको कुराले पर्यटनमन्त्री लोकेन्द्र बिष्टलाई चित्त बुझेन । अनि त उनी झन्किँदै पाण्डेलाई थर्काउन थाले । 'बढ्ता कुरा गर्ने, तपाईले के नै राम्रो गर्नुभयो र ?,' बिष्टले भने 'बरु तपाईहरूले बिगारेको हामी बनाउँदै छौं । चुप लागेर बस्नुहोस् ।'

पाण्डेले समितिमा आएर आफूलाई धम्क्याउनु आवश्यक नभएको जवाफ के मात्र फर्काएका थिए, बिष्टले भने, 'आफ्नो काम गर्नुस् । म कसैसँग डराउँदिनँ । तपाईले मलाई धम्क्याउने ।'

समितिका सभापति रामकृष्ण यादवको दायाँबायाँ बसेका यी दुई सदस्य भनाभन गर्दा सभापति र पर्यटनका पदाधिकारीसहित अन्य सदस्य मौन भएर दृश्य हेरिरहेका थिए । पाण्डेले आफूले सामान्य कुरा गर्दा झोक्किनु नपर्ने भन्दै सफाइ दिए ।

 

 

प्रकाशित मिति: २०६८ माघ १३ १२:१२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।