लडाकुको बिदाई प्रक्रिया तीन दिन भित्र सुरु गरिने

(2 Votes)
कान्तिपुर संवाददाता

ladaku

काठमाडौ, माघ १३ - माओवादी लडाकुको रेखदेख,समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समितिले स्वैच्छिक अवकास रोजेका लडाकुहरुलाई बिदाई गर्न तीन दिन भित्र प्रक्रिया थाल्ने भएको छ । प्रधानमन्त्री बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बैठकले लडाकुलाई बिदाई गर्ने प्रक्रिया तत्काल थाल्न आफ्नो सचिवालयलाई निर्देशन दिएको छ ।

यसअघि पुस १७ गते बसेको बैठकले २० दिन भित्र बिदाई गरिसक्ने गरी प्रक्रिया थाल्न सात दिनको समय निर्धारण गरेको थियो । तर उक्त प्रक्रिया अगाडि बढ्न सकेको थिएन । बैठकले पूरानै निर्णयलाई कार्यान्वयनमा जोड दिएको छ ।

बैठकपछि माओवादी नेता तथा अर्थमन्त्री वर्षमान पुनले बिदाई प्रक्रिया तत्काल थाल्न भएको सहमति अनुसार सचिवालयलाई निर्देशन दिइएको बताए । ७ हजार ३ सय ६५ जना लडाकुले स्वैच्छिक अवकास रोजेका छन् । तीनलाई दर्जा अनुसार ५ लाखदेखि ८ लाख रुपैयाँ प्रदान गरिने भएको छ ।

पहिलो किस्तामा आधा रकम तथा यातायात खर्च दिएर बिदाई गर्ने तयारी छ । लडाकुलाई रकम दिन अर्थले शान्ति मन्त्रालयमा बजेट पठाएको छ ।

कांग्रेस नेता रामशरण महतले पहिले भएका निर्णय कार्यान्वयन नभएकोमा बैठकमा आपत्ति जनाएको बताए । उनले पूरानै निर्णय कार्यान्वयनका विषयमा बैठकमा छलफल भएको जानकारी दिए ।

समायोजनमा जाने लडाकुका विषयमा प्रधानमन्त्रीले नेपाली सेनासंग कुरा गरेर प्रक्रिया अगाडि बढाइने बैठकमा सहमति भएको छ ।

 

प्रकाशित मिति: २०६८ माघ १३ ०९:४९

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।