बस दुर्घटनामा १६ घाइते / चालक बसमै च्यापिए
सहयोगी लिङ्कहरू
परासी , भाद्र ८ - काठमाण्डौबाट नेपालगंजका लागि हिडेको ना २ ख ५३६१ नम्बरको यात्रुबाहक बस पूर्वपश्चिम राजमार्ग अन्तरगत नवलपरासीको दुकिम्बास स्थित ज्यामिरे पुलबाट सोमबार राति खस्दा १६ यात्रु घाइते भएका छन् ।
उनीहरुको पर्वत पोलिक्लिनिक दुम्किबासमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बसको ईन्जिन खोलामा परेकाले ड्राईभर हरि चौधरी च्यापिएर बसिरहेकाले उद्धारमा समस्या भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक दीपेन्द्र शाहले बताए ।
दुर्घटनामा परी दाङ्ग लालमटिया ३ बस्ने २८ बर्षीय गीता सुबेदी, दैलेख बेलभाट ८का २० वर्षीय मेघबहादुर थापामगर, बााके रजना ४ की २४ बर्षीय कमला पुन रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ड्राईभरलाई उद्धारका लागि टोचन, चेनकुल्ली, डोजर ल्याएर बस निकालेपछि उद्धार गर्न सकिने भएकाले सो काम भईरहेको प्रहरी निरीक्षक शाहले जनाए ।
प्रकाशित मिति: २०६७ भाद्र ८ ०२:२४
















तपाईंको प्रतिकृया