सेतीमा युवक वेपत्ता

(0 Votes)
शिव शर्मा

कास्की, भाद्र ७ - सेती नदीमा सोमबार बिहान एक युवक बेपत्ता भएका छन् ।  पोखराको तुलसीघाट नजिकैबाट अन्दाजी  ३२ वर्षका  चुडामणि बास्तोला बेपत्ता भएको प्रहरीले जनाएको छ । माझठाना, ६ घर भएका बाँस्तोलाले नदीमा  फाल हानेर बेपत्ता भएको आंशका गरिएको छ । अबिरल वर्षाका कारण नदीको वहाव बढेकाले  उनी फेला पर्न सकेका छैनन ।

  घटनास्थल पुगेको प्रहरीले बेपत्ता बास्तोलाको खोजी गरिरहेको जिल्ला प्रहरी प्रवक्ता विश्वराज अधिकारीले बताए । सेती नदी बढेकोले उनि फेला पर्ने संभावना कम देखिएको छ ।

प्रकाशित मिति: २०६७ भाद्र ७ ११:२२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।