जिप दुर्घटनामा एकको मृत्यु
सहयोगी लिङ्कहरू
दाङ, भाद्र ५ - दाङको देउखुरीमा शुक्रबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
भे १ ज १३३ नम्बरको जिप गोबरडिहाको खैरेनीमा दुर्घटना हुँदा गढवा-४ रामपुर निवासी ३७ वर्षीय रामजनक अलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
दुर्घटनामा गढवा-२ का गुड्डु गुप्ता सामान्य घाइते भएका छन् ।
चालकले अत्यधिक मदिरा सेवन गरेर जिप चलाएका कारण दुर्घटना भएको प्रहरीको भनाइ छ ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: २०६७ भाद्र ५ १२:३१
















तपाईंको प्रतिकृया