जिल्ला प्रहरी कार्यालय अगाडि वकिलमाथि गोली प्रहार
सहयोगी लिङ्कहरू
चितवन, भाद्र ३ - जिल्ला प्रहरी कार्यालय चितवन अगाडि बिहीबार बिहान १० बजे अधिवक्ता पदम दाहालमाथि गोली प्रहार गरिएको छ । अधिवक्ता दाहाल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
गोली प्रहार लगत्तै आक्रमणकारी मध्येका एक पर्सा जिल्ला बस्ने २९ बर्षीय दिलबहादुर लामाले हतियारसहित प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए । तीनवटा कालो पल्सर मोटरसाइकलमा आएका ६ जनाको समूहले उनीमाथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जसमध्ये ना ९ प ६०६४ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका दुईजनाको समूहले दाहालमाथि गोली प्रहार गरेका थिए । घटनास्थलबाट गोलीको दुई वटा खोका बरामद भएको छ । मोटरसाइकलको पछाडि बस्नेले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा संलग्न अन्य ५ जना भने फरार रहेको र उनीहरुको खाजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उनीहरुले दाहालमाथि किन गोली प्रहार गरे भन्ने बिषयमा प्रहरीले केही खुलाएको छैन । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०६७ भाद्र ३ ११:४१
















तपाईंको प्रतिकृया