माओवादीले संसदमा विद्येयक ल्याउन नदिने

(1 Vote)
कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र २५ - माओवादीले कामचलाउ सरकारलाई संसदमा विद्येयक पेश गर्न नदिने भएको छ । शुक्रबार बसेको माओवादी पदाधिकारी बैठकले काम चलाउ सरकारसंग संसदमा विद्येयक दर्ता पेश हुन नदिने भन्दै बरु कुनै विषयमा अप्ठ्यारो भए बैकल्पिक बाटो खोज्न सकिने निष्कर्ष निकालेको हो ।

'हामीले काम चलाउन सरकारले संसदमा विद्येयक पेश गर्न मिल्दैन भनेका छौं' माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संवाददाताहरुसंग भने, 'कुनै विषयमा अप्ठ्यारो नै परेको भए बरु बैकल्पिक बाटो खोज्न सकिन्छ ।'

यसअघि सरकारले आर्थिक संशोधन विद्येयक ल्याउन संसदमा प्रस्तुत गर्न खोज्दा माओवादीले बहिस्कार गर्ने चेतावनी दिएपछि स्थगित गरिएको थियो । विद्येयक पारित गर्न नपाउँदा सुनको बैधानिक आयत रोकिएर कालोबजारी सुरु भइसकेको छ ।

त्यसैगरी माओवादीको पदाधिकारी बैठकले शनिबार केन्द्रिय समितिको बैठक बसेर अध्यक्ष पुष्पकमल दाहाल तथा उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईले प्रस्तुत गरेका छुट्टाछुट्टै प्रतिवेदन पारित गर्ने तय गरेका छन् । 'यस्तो अबस्थामा बैठक लम्ब्याइ रहनुहुन्न भन्ने हो' श्रेष्ठले भने ।

स्रोतका अनुसार बैठकमा तीनै जना नेताको प्रतिवेदन मिलाएर एउटा बनाएर लैजाने सम्बन्धमा दाहालले प्रस्ताव गरेपनि बैद्य र भट्टर्राईले छुट्टछुट्टै प्रस्ताव लैजाने अडान राखेको थियो ।

 

प्रकाशित मिति: २०६७ भाद्र २५ ०६:१२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।