एक्लै चुनाव लड्छुः सुजाता

(1 Vote)
कान्तिपुर संवाददाता

१४

काठमाडौं, भाद्र २५ - महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकी उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइरालाले निर्वाचनमा कुनै पनि प्यानलबाट चुनाव नलड्ने बताएकी छन् । उनले प्यानल बनाए पार्टीमा गुटबन्दी हुने बताइन् ।

'मलाई प्यानल बनाउनु छैन । एक्लै उमेदवारी दिन्छु । कसैको दवावमा उमेदवारी फिर्ता लिन्न,' शुक्रबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले भनिन् । नेतृ कोइरालाले प्यानलको राजनीतिले पार्टीमा गुटबन्दीको खराव संस्कृति बढ्ने भन्दै आफूले कुनै प्यानलबाट नभएर एक्लै उमेदवारी दिने बताइन् । प्यानलको राजनीतिबाट उत्पन्न भएको गुटबन्दीकै कारण पार्टी विभाजित भएको दावी गर्दै उनले प्यानलबाट राजनीति गर्दा गलत मान्छेहरु अगाडि आएर राम्रा र क्षमतावानहरु पछाडि पर्ने बताइन् ।

महिलाहरुले जहिले पनि अर्काको साथ मात्र खोज्दा पछाडि परेको भन्दै उनले महिलाहरुले अब एक्लै अगाडि आउने हिम्मत गर्नु पर्ने बताइन् । 'अब महिलाले एक्लै अगाडि आउने हिम्मत गर्नु पर्छ । मैले त्यस्तै हिम्मत गरेको हुँ' उनले भनिन्, 'नेपाली कांग्रेसको इतिहासमा पहिलो महिला महामन्त्री पदमा उमेदवारी दिएको हुँ ।'

 

प्रकाशित मिति: २०६७ भाद्र २५ ०३:४६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।