'काम चलाउ सरकारलाई विधेयक ल्याउने बैधता छैन'
काठमाडौ, भाद्र २५ - माओवादीले काम चलाउ सकारलाई कुनै पनि विधेयक ल्याउन नदिने निर्णय गरेको छ । 'काम चलाउ सरकारलाई कुनै पनि विद्येयक ल्याउन दिइदैन' शुक्रबार माओवादी पदाधिकारी बैठकपछि माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, 'यो सरकारलाई विधेयक ल्याउने बैधता छैन ।' यही विवादका कारण विगत केही दिनदेखि व्यवस्थापिका संसदको बैठक स्थगित हुँदै आएको छ । माओवादीका कारण व्यवस्थापिका संसदको बैठक स्थगित हुँदै आएको छ भन्ने संचारकर्मीको जिज्ञासामा उपाध्यक्ष श्रेष्ठले असत्य भएको जिकीर गरे । बैठकमा केही पदाधिकारीहरुले अध्यक्ष पुष्पकमल दाहाले प्रधानमन्त्रीको उम्मेदबारी फिर्ता लिएर नयाँ प्रक्रिया अपनाउन पर्ने धारणा राखेका थिए ।
तर अध्यक्ष दाहालले अर्को चरणको निर्वाचनमा पनि सहभागी हुन पर्ने बताएका थिए । शनिबारदेखि फेरी सुचारु हुने माओवादी केन्द्रीय समितिको बैठकमा प्रस्तुत हुने पार्टीका नयाँ एजेण्डा र रणनीतिको बारेमा छलफल भएको थियो ।
अध्यक्ष दाहाल, उपाध्यक्षद्वय मोहन बैद्य र बाबुराम भट्टराईको प्रतिवेदनका साथै केन्द्रीय सदस्यहरुले दिएका सुझावलाई समेटेर नयाँ प्रतिवेदन तयार पार्ने बारे बैठकमासमेत छलफल भएको थियो ।
विगतकेही दिनदेखि स्थगित केन्द्रीय समितिको बैठक शनिबार ११ बजे बस्ने जनाइएको छ ।
प्रकाशित मिति: २०६७ भाद्र २५ ०२:३६

















तपाईंको प्रतिकृया