अनमिनको भूमिकामा नअल्मलिउः अमेरिकी राजदूत

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौ, भाद्र २५ - अमेरिकी राजदूत स्कट एच. डिलिसीले अनमिनको अनुमनकारी तथा अन्य भूमिकाको बहसमा नअल्मलिई शान्ति सम्झौताको पूर्ण पालनामा लाग्न सुझाव दिएका छन् ।

बिहीबार बेलायती र फ्रान्सेली राजदूतसंगै आफुले प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालसंगको छुट्टछुट्टै छलफलका सम्बन्धमा शुक्रबार प्रेस बिज्ञप्ति प्रकाशित गरी भेटका उद्देश्य बताएका हुन् ।    

'हाम्रो उद्देश्य अनमिनको कार्यादेशको भविष्यका बारेमा सरकार तथा माओवादीको धारणा बुझ्नु रहेको थियो' उनले भनेका छन्, 'यसबारेमा पूर्ण सहमति नभईकन अनमिनलाई यहाँ प्रभावकारी रुपमा काम गर्न असम्भव हुने हाम्रो धारणा रहेको छ ।'

उनले बिज्ञप्तिमा अनमिनको अनुगमनकारी भूमिकाको विषयमा पार्टी बीच छलफल तथा सहमति जरुरी रहेको र त्योभन्दा महत्वपूर्ण विषय शान्तिप्रक्रियाको पूर्णताका लागि बाधक रहेका मूलभूत  मुद्दाहरुलाई सम्बोधन गर्नु रहेको उल्लेख गरेका छन् ।

'हामी आशा गर्दछौं कि पार्टी यी मूल मुद्दामा केन्द्रित रहनेछन् र अनमिनको अनुगमनकारी तथा अन्य भूमिकाको बहसमा नअल्मलिई शान्ति सम्झौताको पूर्णर् रुपमा पालना गर्न आवश्यक पर्ने कठोर राजनैतिक निर्णयहरु लिनेछन्' उनले भनेका छन् ।

 

प्रकाशित मिति: २०६७ भाद्र २५ १२:२७

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।