माओवादी कार्यकर्ताको हत्या

(1 Vote)
प्रकाश अधिकारी

दैलेख, भाद्र २५ - दैलेखको पूर्वमा माओवादीका एक सक्रिय कार्यकर्ताको हत्या भएको छ । रुम गाविस वडा नं २ का ५० वर्षीय थीरबहादुर बोहराको हत्या गरिएको हो ।

२३ गते विहान सात बजेतिर भैसीको उपचारको लागि घरबाट हिडेंको र भोलिपल्ट जनता माध्यमिक विद्यालयको कक्षा १ को कोठामा केतुकीको डोरीले झुण्ड्याइएको अवस्थामा फेला पारेको आफन्तले जानकारी दिएका छन् ।

जिल्लाबाट गएको प्रहरी टोलीले बोहराको शवलाई पोष्टमार्टमका लागि सदरमुकाम ल्याएको छ । मृतक बोहराको टाउकोमा चोट,रातो कपडा बेरिएको  र शरीरभरी नीलडाम देखिएको र झुण्ड्याईएको अवस्था हेर्दा हत्या गरिएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

उनी जनयुद्ध कालदेखि नै नेकपा माओवादीका पूर्णकालिन कार्यकर्ता र शान्ति स्थापनापछि गाउँ कमिटीमा आवद्ध रहेका गाउँलेहरुले बताएका छन् । परिवारले भने द्धन्द्धकालकै रिसइबीले हत्या भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: २०६७ भाद्र २५ ०९:११

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।