जलेर श्रीमान्-श्रीमतीको मृत्यु

(0 Votes)
कान्तिपुर संवाददाता

दोलखा, भाद्र २२ - दोलखा जिल्लाको उत्तरी ओराङ्ग- ९ स्थित एक घरमा सोमबार राति आगलागी हुँदा श्रीमान-श्रीमतीको जलेर मृत्यु भएको छ ।

चुल्होको आगो सल्की घर जल्दा वर्ष ७१ का जंगबहादुर तामाङ्ग, ६८ वर्षिय वसुनी तामाङ्गको मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्लेटले छाएको दुई तले कच्ची घरमा भएको आगलागीमा दुई बृद्धबृद्धाको मृत्यु भएको तथा करिब ६ लाख रुपैया बराबर धन सम्पति नस्ट भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक हेमन्त थापाले कान्तिपुरले बताए । मृतकका छोरा बुहारी भने राजधानीमा बस्दै आएका थिए ।

 

प्रकाशित मिति: २०६७ भाद्र २२ ०८:३५

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।