आज सातौं चरणको प्रधानमन्त्री निर्वाचन

  • सहभागी हुन माओवादीको हि्वप

(3 Votes)
कान्तिपुर संवाददाता

११

काठमाडौं, भाद्र २२ - आज सातौं पटक प्रधानमन्त्री चयनका लागि निर्वाचन हुँदैछ । मंगलवार तीन बजे संसद्मा प्रधानमन्त्री चयनका लागि सातौं चरणको चुनाव हुँदैछ ।

यसैबीच माओवादीले मंगलवार हुने प्रधानमन्त्रीको चुनावका लागि साढे दुई बजे नै संविधानसभा भवनमा पुग्न आफ्ना सांसद्लाई हि्वप जारी गरेको छ । अघिल्लो चुनावमा १० जना सांसद् अनुपस्थित भएपछि उसले अनिवार्य सहभागी हुन हि्वप जारी गरेको हो । सोमवारको संसदीय दलको वैठकमा उपस्थित नहुनेलाई स्पष्टिकरण सोधिएको थियो ।

माओवादीले आईतबारको चुनावमा सहभागी नहुने सांसदलाई स्पष्टिकरणसमेत सोधेको छ । आइतबारको चुनावमा दुर्गाकुमारी विक, हिसिला यमी, आङ्दावा शेर्पा, विश्वदीप लिङ्देन, सत्य पहारी, तारानारायण श्रेष्ठ, चुनबहादुर थामी र हेमबहादुर श्रेष्ठ सहभागी थिएनन् ।

मणि खम्बु उपस्थित भएर पनि अर्को सभासद्लाई भोट हाल्न लैजादा आफैंले हाल्न विर्सेका थिए । स्थायी समिति सदस्य देव गुरुङले नियमित रुपमा मतदानमा सहभागी नहुने सांसदलाई सचेत गराएको जनाए ।

 

प्रकाशित मिति: २०६७ भाद्र २२ १२:००

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।