मुलुकलाई निकास दिन चाह्यौं: उपेन्द्र यादव

(8 Votes)
अतुल मिश्र

३६

निरन्तर तटस्थ बसेर मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै मधेसी जनअधिकार फोरम संयुक्त लोकतान्त्रिक मोर्चाबाग अलग्गिएको छ । मोर्चाबाट अलग भएपनि प्रधानमन्त्रीका लागि आइतबार भएको निर्वाचनमा फोरम निर्वाचन प्रक्रियामा भाग लिएन । यस सन्दर्भमा फोरम अध्यक्ष उपेन्द्र यादवसंग गरिएको संक्षिप्त कुराकानी ।

 तपाईंले किन मोर्चा छाड्नु भयो ?

 मोर्चा छाड्नु वा जोड्नुको कुनै कुरा होइन । मोर्चालाई प्रभावशाली बनाउने, मुलुकलाई अनिर्णयको बन्दीबाट मुक्त गराउने, सरकार दिने, संविधान बनाउने मोर्चाको काम र दायित्वसमेत हुन् । यो विषयमा मोर्चा प्रभावशाली रूपमा अघि बढाउन पुनर्जीवित गरिएको थियो । तर विगतमा एउटै कुरा रह्यो,  तटस्थता । तटस्थताले कुनै समस्याको समाधान हुँदैन । तटस्थता तोडी मुलुकलाई मोर्चाले निकास देओस् भनी हामीले बैठकमा मत राख्यौं । तर मोर्चाका अन्य घटक दलले तटस्थ रहने मत राखेका थिए । यसपछि हामीले भन्यौं, 'आ-आफ्नो निर्णय गरौं, मधेसको मुद्दामा एकसाथ बढौं ।' मुलुकलाई अनिर्णयको बन्दीबाट मुक्त गराउन ठोस रूपले पहल गरौं । सामूहिक सक्दैनौं भने बेग्लाबेग्लै निर्णय गरी मुलुकलाई निकासतिर बढाऔं ।

संसदीय दलको बैठकपछि मतदान त गर्नुभएन नि ?

मत नदिँदा तटस्थता गलत कुरा हो भन्ने प्रमाणित भयो । जसलाई मत दिनु छ, दिए हुन्छ र सरकार निर्माण हुनुपर्छ । तटस्थतामा समस्याको हल     छैन । संक्रमणकालमा मुलुकलाई जति अल्झाउने हो त्यति अल्भिmन्छ । संविधान बन्ने समयमा यो नाटक जारी छ । नाटक हुनुको एउटै कारण हो, संविधान बन्न नसकोस् । संविधान बन्दैन भने यसबाट मधेस र देशलाई ठूलो घाटा हुन्छ । त्यसलाई रोक्न हामीले यसो गर्‍यौं । तटस्थता अन्त गरी मुलुकलाई निकास दिन हामीले यो पाइला चाल्यौं । मत नदिनुका अन्य कारण ?

निकासका लागि मतदान गरिन्छ । सबै मिलेर निकास दिनुपर्छ । यसका लागि प्रतीकात्मक रूपमा हामीले 'नो भोटिङ' गर्‍यौं । मुलुकलाई निकास दिनुपर्छ, देशलाई गम्भीर संकटबाट जोगाउनुपर्छ । संविधानसभाविरुद्घ जुन     षड्यन्त्र भइरहेको छ, त्यो समाप्त गर्नुपर्छ ।  

 मोर्चासँग भविष्यमा तपाईंहरूको सम्बन्ध ?

मधेस मामिलामा त हामी सबै मिलेर बढ्ने नै हो । हामी मोर्चाको घटक दलबाट निस्केका होइनौं । मोर्चाको घटकसँग यो सबै लडाइँ होइन । मोर्चालाई प्रभावशाली बनाइयोस् र निकास दिइयोस् त्यो महत्त्वपूर्ण हो ।

 

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।