उम्मेदवारी फिर्ता हुँदैनः पौडेल / सरकार दशैंपछिः देउवा

(0 Votes)
कान्तिपुर संवाददाता

काठमाडौं, भाद्र २० - कांग्रेस नेताहरुले निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको अवस्थामा उम्मेदवारी फिर्ता लिन नसकिने बताएका छन् । उनीहरुले अर्को चरणको निर्वाचनमा आफ्ना उम्मेदवार विजयी हुने दाबी गरे ।

प्रधानमन्त्रीका उम्मेदवार तथा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले सवै दल मिलेर निकास दिनुपर्ने बताए । 'प्रक्रियामा प्रवेश गरिसकियो,' उम्मेदवारी फिर्ता लिनुहुन्छ भनी सञ्चारकर्मीले सोधेको प्रश्नमा पौडेलले भने, 'अव त उम्मेदवारी फिर्ता लिने ठाउँ छैन ।'

दशैंपछि सरकारः देउवा

प्रधानमन्त्री निर्वाचनपछि संसद् भवन परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस बरिष्ठ नेता शेरबहादुर देउवाले भने दशैंपछि पौडेलको नेतृत्वमा सरकार बन्ने दाबी गरे । 'अब कांग्रेसको महाधिवेशनपछिमात्र सातौं चरणको निर्वाचन हुनुपर्छ भन्ने हाम्रो माग छ,' देउवाले भने, 'त्यस निर्वाचनमा हाम्रा उम्मेदवारले जित्नहुनेछ ।'

देउवाले सातौं चरणको निर्वाचन महाधिवेशनपछिमात्र हुने भएकाले नयाँ सरकार दशैंपछि बन्ने उल्लेख गरे । उनले कांग्रेसले उम्मेदवारी फिर्ता नलिने अडान दोहोर्‍याए । 

यसैबीच कांग्रेस सह महामन्त्री रामशरण महतले एमालेले तटस्थताको निर्णय परिवर्तन गरेर आफ्ना उम्मेदवारलाई सघाउनुपर्ने बताएका छन् । उनले एमालेले आफ्नो दललाई सहयोग नगर्ने कुनै एकको पक्षमा उभिएन मुलुकलाई निकास दिनुपर्ने बताए ।

प्रकाशित मिति: २०६७ भाद्र २० ०५:१८

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।