एक कार्यकालको लागि मात्र सभापतिमा उम्मेदवारी - सुशील कोइराला

(1 Vote)

काठमाडौ, भाद्र १९ - नेपाली काँग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले पार्टीको सभापतिमा एक कार्यकालको लागि मात्र उम्मेदवारी दिन लागेको बताएका छन् ।

काँग्रेस संस्थापकहरुको पुस्तापछि पार्टीको जिम्मेवारी दोस्रो पुस्तामा आएको र त्यो जिम्मेवारी निर्वाह गर्न आफूहरु तयार रहेको भन्दै कार्यवाहक सभापति कोइरालाले आफूले एक कार्यकालको लागि १२ औं महाधिवेशनमा चुनाव लड्न लागेको बताएका हुन् ।

"यस पछि पार्टी  प्रजातान्त्रिक मूल्य मान्यता, संस्थागत परिपाटी र सिस्टम बसेर नेतृत्व हस्तान्तरण हुन्छ," आफ्नै निवासमा सञ्चारकर्मीसँग शनिबार भएको कुराकानीमा उनल भने ।

महाविधेशनको सूचना प्रवावकारी ढङ्गले पत्रकारहरुलाई उपलब्ध गराइने जानकारी दिँदै कार्यवाहक सभापति कोइरालाले पार्टीको नीति तथा कार्यक्रमको मस्यौदा पुस्तकका रुपमा जिल्ला जिल्लामा पठाइने र महाधिवेशनबाट पारित गरिने पनि बताए।

नेपालमा स्थायी शान्ति र राजनीतिक स्थिरता कायम गर्न सकिए १५/२० वर्षै प्राकृतिक स्रोत साधनको उपयोग गरी देशको कायापलट गर्न सकिने भन्दै कार्यवाहक सभापति कोइरालाले त्यसबाट नेपाललाई नमुना प्रजातान्त्रिक देशका रुपमा विकास गर्न सकिने बताए ।

रासस

प्रकाशित मिति: २०६७ भाद्र १९ ०५:५२

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।