'एमालेले सहमतिको नाममा मुलुकलाई बन्धक बनायो'

(0 Votes)
लीलावल्लभ घिमिरे

विराटनगर, भाद्र १९ - उर्जा मन्त्री प्रकाशशरण महतले सहमतिको नाममा एमाले तटस्थ बसेर मुलुकलाई बन्धक बनाएको आरोप लगाएका छन् । 'हामीहरुले माओवादीलाई वहुलबादी र लोकतान्त्रिक पार्टी बनाउन एमालेसंग सहयोग मागेका थियौं' उनले भने, 'तर उनीहरुले उल्टै देशलाई नै बन्धक बनाए ।'   

माओवादी पार्टीको लोकतान्त्रिकरणका लागि पनि एमालेले कांग्रेसको उम्मेदवारलाई प्रधानमन्त्रीमा सघाउनुपर्छ पर्ने उनको तर्क थियो । शनिबार प्रेस यूनियन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले भने, 'भोली हुने प्रधानमन्त्रीको चुनावमा एमालेले कांग्रेसलाई सहयोग गर्नुपर्छ ।’

माओवादीलाई एक्ल्याउन होइन् उसको व्यवहार सुधार्न लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्छ पर्नेमा मन्त्री महतको जोड थियो । लडाकु व्यवस्थापन नभएसम्म माओवादीको नेतृत्वमा सरकार बने त्यो घातक हुने बताए । लडाकु समायोजनको ठोस र सर्वमान्य आधारमा सहमति भए माओवादीको नेतृत्वमा सरकार आफुहरुलाई स्वाकार्य हुनु उनले वताए । 

प्रकाशित मिति: २०६७ भाद्र १९ ०४:४६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।