'प्रेसमाथिको हस्तक्षेप कुटनीतिक मर्यादा विपरीत'

(0 Votes)
कान्तिपुर संवाददाता

दोलखा-, भाद्र १९ -  संचारमन्त्री शंकर पोखरेलले भारतीय राजदुतद्धारा नेपाली आमसंचार क्षेत्रमाथि गरेको हस्तक्षेपलाई कुटनैतिक मर्यादाविपरित भएको बताएका छन् ।

हिमाली रेडियो १०१ थोप्लो ८ मेघाहर्जको रेडियो उद्घाटन गर्न जिरी आएका उनले प्रेस चौतारी दोलखाद्धारा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो बताएका हुन् । संचार मन्त्री पोखरेलले नेपाली आमसंचार स्वतन्त्र भएकोले कहीँकतैबाट हुने हस्तक्षप निन्दनीय भएकोले दुताबासको कदम मर्यादाविपरित भएको उल्लेख गरे । उ

नले भारतीय राजदुत राकेश सुदले गरेको कार्यबारे परराष्ट्र मन्त्रालयले छानवीन गरिरहेको बताउँदै कुनै पनि मुलुकलाई नेपाली आमसंचार माध्यमप्रति गुनासो भए कानुनी बाटो लिनसक्ने पनि बताए । उनले भने, 'आमसंचारमाध्यमबाट त्रुटी भए दुताबासले नेपाल सरकार, प्रेस काउन्सिल वा अदालती प्रकृयामा जानुपर्ने हुन्छ ।'

दोलखाको जिरीबाट हिमाली आवाजको रुपमा प्रशारण सुरु भएको हिमाली रेडियो एकसय वाट क्षेमताको छ । च्यामोलेङ्मो प्रालिद्धारा संचालित रेडियोको शुभारम्भ गर्दै संचारमान्त्रीले रेडियो जनताको आवाज बन्नु पर्नेमा जोड दिए । सो अवसरमा एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाईंले आमसंचारमाध्यमलाई भैरहेको बाहिय हस्तक्षेपको विरुद्ध सबै जुट्नेपर्ने बताए । रेडियोका अध्यक्ष आङदेण्डी शेर्पाले सामुदायले सहयोग गरेमात्र रेडियो निरन्तर प्रशारण हुनसक्ने बताए ।

 

प्रकाशित मिति: २०६७ भाद्र १९ ०४:३२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।