कांग्रेसले ३ सय १ मत पुर्‍याए एमालेले दुई तिहाई पुर्‍याइ दिनेछः महासचिव पोखरेल

(0 Votes)
मकर श्रेष्ठ

भक्तपुर, भाद्र १९ - एमालेका महासचिव इश्वर पोखरेलले प्रधानमन्त्रीको निर्वाचनमा नेपाली कांग्रेसले ३ सय १ मत पुर्‍याए एमालेले दुई तिहाई पुर्‍याइदिने  दाबी गरेका छन् ।

युवा संघ नेपाल केन्द्रीय संगठन विभागले भक्तपुरको खरिपाटीमा आयोजना गरेको दुई दिने कार्यशाला गोष्ठीमा कार्यकर्तालाई सम्बोधन गर्दै उनले कांग्रेसलाई बहुमत पुर्‍याउन आग्रह गरे । एमाले बहुमतीय सरकारको पक्षमा नरहेको स्पष्ट पार्दै उनले सहमतिकै सरकारका लागि नेतृत्व पाउँदापाउँदै अवसर छोडेको बताए  । एमाले मुखले मात्र नभई व्यवहारिक रुपमा पनि राष्ट्रिय सहमतिको पक्षमा रहेको यसले प्रमाणित गर्ने बताउनु भएको छ । महासचिव पोखरेलले भने, 'बहुमतीय सरकारमा हामी जान्नौं, बहुमतीय सरकार बनाउने खेल पनि गर्दैनौं ।' यही अवस्था रहे माओवादीको नेतृत्वको सरकार नस्वीकार्ने बताउँदै उनले जबसम्म माओवादीले हिंसा, विद्रोहको व्यवहार र त्यसको संरचना नत्यागेसम्म उसको नेतृत्व स्वीकार्न नसकिने बताए  । यदि सहमतिको सरकार बन्छ भने एमाले जुनसुकै पनि नेतृत्वलाई पनि स्वीकार्ने बताए । कांग्रेसलाई अलग राखेर या माओवादीलाई अलग राखेर सरकार निर्माण गर्ने काम उचित हुँदैन भन्ने पक्षमा एमाले रहेको बताए ।

राष्ट्रिय सहमतिका लागि माओवादीले शान्ति प्रक्रिया टुंग्याउने, माओवादी लडाकु व्यवस्थापन गर्ने, हतियारको दम्भ त्याग्ने कार्य गर्दैन तबसम्म माओवादीले सहमतिको सरकार बनाउन नसक्ने उल्लेख गरे । पार्टीभित्रको आन्तरिक विषयमा बोल्दै उनले वामदेव गौतमतर्फ लक्षित गरेर पार्टीको निर्णय नमान्ने जोकोही पनि कारबाहीको भागिदार हुने बताए । युथफोर्सको बारेमा बोल्दै उनले युथफोर्सलाई समानान्तर सैन्य संरचनाको नाममा नल्याई स्वयंसेवक दस्ताको रुपमा ल्याउने बताए । यसका लागि पार्टीले छुट्टै नीति ल्याउन लागेको बताए  । कानुन हातमा लिने संगठनको रुपमा नभई जिल्लालाई आवश्यक परे एमाले जिल्ला कमिटिले राख्नसक्नेगरी युथफोर्स स्वयंसेवक दस्ताको रुपमा स्थापित गरिने उनले बताए ।

 

 

प्रकाशित मिति: २०६७ भाद्र १९ ०४:२२

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।