संविधानसभा विगठन गर्नुपर्छः बिजुक्छे

(0 Votes)
मकर श्रेष्ठ

भक्तपुर, भाद्र १९ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधानसभा विगठन गर्नु पर्ने बताएका छन् ।

निर्धारित समयमा संविधान जारी नभएको र पटक पटक भएको निर्वाचनमा प्रधानमन्त्री चयन हुन नसकेकोले संविधान सभा विगठन गर्नु पर्ने उनको  तर्क थियो । नेपाल प्राध्यापक समाज भक्तपुरले शनिबार आयोजना गरेको वर्तमान राजनीतिक अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा उनले संसद विगठन गर्ने आवाज सर्वत्र आएको बताए ।

छैटौ पटक पनि मुलुकले प्रधानमन्त्री नपाउने भएकोले राष्ट्रपतिले कदम चाल्नु पर्ने उनले सुझाव थियो । मुलुकलाई सरकार बिहिन बनाउनु नहुने बताउदै उनले  कुनै पार्टीलाई निश्चित समयसम्म बहुमत पुर्‍याउने गरी जिम्मेवारी दिनु पर्ने बताएका छन् । त्यसका लागि अन्तरिम संविधान संसोधन गर्नु पर्ने उनले जोड दिए । २० गते हुने निर्वाचनमा पनि मुलुकले प्रधानमन्त्री नपाउने उनले बताए ।

प्रकाशित मिति: २०६७ भाद्र १९ ०४:२१

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।