प्रधानमन्त्रीको निर्वाचनमा तटस्थ बस्ने मधेसी मोर्चाको अडान कायमै
सहयोगी लिङ्कहरू
काठमाडौ, भाद्र १९ - मधेसी संयुक्त मोर्चाका शिर्ष नेताहरुले छैटौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा पनि तटस्थ बस्ने बताएका छन् । छैटौं चरणको निर्वाचनमा मोर्चाले आफ्नो तटस्था तोड्ने समाचार सार्वजनिक भइरहेको बेला मोर्चाका नेताहरुले शनिबार त्यसमा कुनै परिवर्तन नआएको दाबी गरेका छन् । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले छैटौं चरणको प्रधानमन्त्रीको निर्वाचनमा मोर्चाले पूरानै अडान कायम राख्ने बताए । सदभावना पार्टीका नेता राजेन्द्र महतोले मोर्चाको आधारपत्रमा कुनै पनि प्रधानमन्त्रीको उम्मेदबार सकारात्मक नदेखिएकाले आफ्नो निर्णयमा मोर्चा अडिग रहेको बताए ।
प्रकाशित मिति: २०६७ भाद्र १९ ०३:५०














तपाईंको प्रतिकृया