भोट माग्दै दाहाल लोकेन्द्रबहादुर चन्द निवासमा
काठमाडौं, भाद्र १८ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पक्षमा मत दिन आग्रह गर्दै शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका छन् ।
लोकन्थलीस्थित राप्रपा नेता लोकेन्द्रबहादुर चन्दको निवासमा चन्दसहित राप्रपा अध्यक्ष पशुपतिशम्शेर जबरासाग छलफल गरेका छन् । भेटमा राजनीतिक गतिरोध अन्त्य गर्ने विषयमा छलफल भएको राप्रपाले जनाएको छ । चन्द, राणा र दाहालबीच प्रधानमन्त्रीको निर्वाचन, शान्तिप्रक्रियाका विषयमा छलफल भएको अध्यक्ष राणाले बताए ।
राणाका अनुसार अध्यक्ष दाहालले यही भदौ २० गते हुने प्रधानमन्त्री निर्वाचनमा आफूलाई सघाउन आग्रह गरेका थिए । राप्रपाले पाँच चरणको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई मत दिंदै आएको छ ।
प्रकाशित मिति: २०६७ भाद्र १८ ०८:५६















तपाईंको प्रतिकृया