सभासद्ले घुस दिएकोबारे अख्तियारले अनुसन्धान गर्ने

(1 Vote)

काठमाडौं, भाद्र १८ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद्ले छोरालाई प्रहरी निरीक्षक बनाउन घुस खुवाए भन्ने विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित समाचारको सत्यतथ्यबारेमा अनुसन्धान गर्ने भएको छ ।

पत्रपत्रिकामा प्रकाशित समाचार नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक प्रकाश कुँवरले असई सुरेन्द्र आचार्य र सूर्यबहादुर सुनुवारलाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको भन्नेसमेत समाचारमा आएकोप्रति आयोगको ध्यानाकर्षण भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा आयोगले प्रहरी प्रधान कार्यालयबाट सम्पूर्ण फाइल २४ घण्टाभित्र झिकाइ अनुसन्धान गर्ने निर्णय गरेको छ ।

 

प्रकाशित मिति: २०६७ भाद्र १८ ०८:४६

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।