एमाले तटस्थताको चक्रव्युहमाः मन्त्री पोखरेल

(0 Votes)
कान्तिपुर संवाददाता

दोलखा-, भाद्र १८ -  संचारमन्त्री शंकर पोखरेलले एमाले अहिले तटस्थताको चक्रब्युहमा फसेको  बताएका छन् ।

मन्त्री पोखरेलले एमाले दोलखाको प्रतिनिधि परिषद् भेलालाई शुक्रबार उद्घाटन गर्दै आम एमाले कार्यकर्ताहरु तटस्थताको दुई धारमा देखिएपछि उनले चक्रव्युहमा फसेको संज्ञा दिदै यसलाई तोड्न सक्ने क्षमता पार्टीसंग भएको बताएका हुन् ।

एमालेलाई जे फाइदा हुन्छ त्यहीँ निर्णय गरिएको बताउँदै कायकर्तालाई तटस्थाको विरोधमा गएर भ्रम नपर्न आग्रह गरे । यो कार्यनीति मात्र हो त्यसैले परिस्थिति अनुसार तठस्थताको निर्णय फेरिन सक्ने संकेत पनि उनले दिए ।

एमाले पोलिटव्युरो सदस्य पशुपति चौलागाईंले तटस्थताको नीति असल खराव जे भए पनि पछि मूल्याङ्कन हुने छ भन्दै अहिले भने पार्टी निर्णयको बचाउँ गर्न कार्यकर्तालाई आग्रह गरे ।परिषद् बैठक शनिवारसम्म चल्ने छ ।

 

 

प्रकाशित मिति: २०६७ भाद्र १८ ०६:२१

अरु फोटोहरु »

तपाईंको प्रतिकृया

कृपया ध्यान राख्न्नु होला,* चिन्ह भएको विवरण अनिवार्य रूपमा भर्नुहोला ।
* पूरा नाम
* ठेगाना
* ईमेल ठेगाना
* प्रतिकृया
* क्याप्चा [ यदि क्याप्चा प्रष्ट नभएमा त्यसमा एकचोटि क्लिक गर्नुहोस् ]
नोट: गालीगलौज तथा अपशब्दहरु प्रयोग गरिएको विचार प्रकाशित गर्न बाध्य हुने छैन ।